Posted by: magorkhe1 December 5, 2013
हैन कति दात माझि राखेको ?
Login in to Rate this Post:     1       ?         Liked by
जन्तरे दाइ जापान गएर आए पछि काठमान्डू मा घर पनि  बनाए बा आमालाई पनि साथमै राखे | घर  जम पनि गरे ,
एउटा पिउसो पनि भयो | रुबलले तानेर अहिले कतार तिर छन् |तिन्लाई साझा छिर्ने फुर्सद छैन अनी  तिम्सिना दाइको लस्सी पसलको कथा पनि सुनेका छैनन्, उध्यमी वा सानो बन्ने चाहना छैन , नत्र अरुनै सोच आ ई नेपाल मै हुन्थे |
नसा केमा हुँदैन , हामीले खाने भात मा पनि नसा छ , त्यो म्याकडोनाल्ड्को बर्गर र फ्रेन्च फ्राइज मा मात्रै हो र | बिस बर्ष अघी सापकोटाको लोटा बोकेर हिंडेको बद्री बा आज नेपाल पूर्व प्र म मात्रै हैन नब ढनाड्यमा पर्छन | त्यो देखेर डाहा गर्ने अनी केही गर्न आट नहुने हरु खाडी मुलुक हानिएका छन | जापान बाट ल्याको पैसा खै लगानी गरी ब्यापार गरे आपार हुने थिएन ? बिदेसमा चर्पी सफा गर्नु उत्तम  उत्कृष्ट कार्य ,  नेपालखुद्रे पसल खोल्नु भन्दा | त्यो सन्चय कोस मा नाग्लामा चुरोत सुपारी राख्ने स्यान्चा को घर जग्गा करोदौ को छ् , तर कामले सानो र ठुलो हुने देशमा को सानो हुने | बिदेस गए पछी त टाटै तिप्न पाईन्छ भन्न् ठान्छन , के काम मा अन्त्य हुन्छ त्यो त  नमरी स्वर्ग देखिदैन भने जस्तै ठाममै पुगेर थाहा हुने हो !
म पनि कथामान्दु भएको बेला एसो छिरी हालुम भनी जन्तरे दाइको घरमा  दिउसो पुगे | भाउजु दिउसो साना नानीहरुलाई पढाउने र खेलाउने स्कूलमा काम गर्दी रहिछ्न | काका काकी सँग  भलाकुसारी गरी फर्किए बाटै भरी देखी साझा छिरुन्जेल यिनै कुरा सम्झी मन मनै हासे | दुई बर्ष अगी छोराले नातिलाई ब्याट्री भएको ब्रुश ल्याइदिएको रहेछ | त्यो ब्रुस पाए पछी नातिले अरु ब्रुश छुदै छुएन, अनी आगन नाची नाची ब्रुस गरेको सुनेका र देखेका  हुन काकाकाकिले |   बुहारीले बेला न कुबेला ब्रुस गरेको कुरा  काका काकिले मन थाम्न नसकी मन खोली हाले | उनिहरुले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन ,  के था उनिहरुला के थाहा यो छोराको  अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र  हो भनी ?
अनुत्तरित थिए म , तपाईं भए के गर्नु हुन्थ्यो ?
 
 
Last edited: 28-Jan-14 08:13 AM
Read Full Discussion Thread for this article