Posted by: 200times November 20, 2013
जित्ने छाँट नदेखेपछि एमाओवादीद्वारा उपत्यकाको मतगणना 'बहिष्कार'
Login in to Rate this Post:     0       ?        
काठमाडौंका नौं वटा निर्वाचन क्षेत्रमा तेस्रो वा चौथो हुने छाँट देखिएपछि 'षडयन्त्र भएको' भन्दै माओवादीले मध्येरातमा गणना बहिष्कार गरेको छ। 
 
कीर्तिपुर १० मा पनि प्रचण्डलाई चार हजार मतले कांग्रेसले लिड गरेपछि माओवादी प्रतिनिधिहरु 'बहिष्कार' भन्दै मतगणनास्थल छाडेका छन्। 
 
मतगणनामा खटिएका सरकारी अधिकारीका अनुसार राती २.०० बजे प्रचण्डको क्षेत्र नम्बर १० का प्रतिनिधि पञ्चलाल महर्जन 'बहिष्कार' भनेर हिँडेका छन्। 
 
त्यो भन्दा अघि नै क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश रेग्मी, क्षेत्र नं ६ की प्रतिनिधि कल्पनाले गणनामा 'धाँधली' गरेको भन्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिएका थिए। 
 
माओवादीले बहिष्कार भनेपनि निर्वाचन कार्यालयले गणनालाई जारी राख्ने भएको छ। ४ नम्बर क्षेत्रमा मतपेटिकामा टाँसेको सिल समेत गोलमाल भएको आरोप माओवादीले लगाएको छ। ४ मा भने रोक लगाइएको छ।
 
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट गणना बहिष्कार गरेर निस्केपछि कान्तिपुरसँग कुरा गर्दै ६ नम्बरकी एजेन्ट कल्पनाले भनिन्, 'समग्र प्रकृयाप्रति असहमति जनाएका हामी निस्केका हौं।'
 
कान्तिपुर टेलिभिजनको प्रत्यक्ष प्रसारणमा कुरा गर्दै उनले रातभरिमा ठूलो षडयन्त्र गरिएको आरोप लगाइन्। 'क्राइटेरिया बाहिर गएर दलको पक्ष विपक्षमा गणना हुन थाल्यो त्यसैले बहिष्कार गर्नुपरेको हो।'
 
मतगणनास्थलमा खटिएका पत्रकारहरुका अनुसार कतिपय प्रतिनिधिले पार्टीले पेरिस डाँडामा डाकेकाले गणना छाड्नुपरेको बताएका थिए। 
 
कककाठमाडौं मात्र नभएर देशैभर षडयन्त्र भएको दलिल माओवादीले पेश गर्न लागेको अनुमान गरिएको छ। मतदान, मतपेटिका संकलन, गणना सुरु गर्नेबेलासम्म 'षडयन्त्र'को कुरा गरेका थिएनन्। मतगणना बिचमा पुगेपछि माओवादी प्रतिनिधिहरुले 'षडयन्त्र'को अड्को हालेकोमा आलोचना पनि भइरहेको छ । त्यसको डैढ घन्टा अघिसम्म गणनास्थलमा रहेकि नेतृ हिसिला यमीले कुनै बिरोध जनाएका थिए।
प्रचण्ड पुत्र प्रकाशले बिहान पौने ३ बजे फेसबुक स्टाटस लेखेका छन्, 'अग्रगमन, परिवर्तन, वृहद शान्ति सम्झौंता विरुद्द व्यापक चलखेल भएको कारण यो मतगणना स्थगित गर्न माग गर्दै हामी मतगणनास्थलबाट बाहिर।' 
त्यस्तै वाइसिएल उपत्यका प्रमुख दीपशिखाले फेसबुकमा लेखेका छन्- काठमाडौ‌ उपत्यकाका १५ वटै क्षेत्रमा एमाओवादीद्वारा गणना वहिष्कार।
Source:http://setopati.com/raajneeti/5857/

Thuikka khate Maobadi ho , harnu bhanda paila nai bhagna layau.................

Read Full Discussion Thread for this article