Posted by: amricane November 19, 2013
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद
Login in to Rate this Post:     1       ?         Liked by
प्रचन्ड सदै सिता को साथ 
बाबुरामको नाममा हिसिला को हात
प्रकाश अर्का की बुडी लिइ भाग 
सुजतालाई सदै दुध र भात 
माकुने हारे पनि सत्ता को स्वाद 
कमलेलाई पन्चायत को आस 
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

वैद्य सदै माओबाद 
जनता माथि बम हान 
प्रचन्ड को लाख को खाट
बाबुराम सदै नाताबाद 
खनाल माथी सब क्रिपाबाद 
राजनीति भयो फोहोर जात 
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

राम बरण सदै चुप चाप 
परमानन्द को हिन्दी मा बात 
नेता सबैमा दिल्लीको श्वास  
सांसद सबै जाड को मात 
हामी जनता घर को घाट 
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

ज्ञानेको र्याली मा जनबाद 
थापा मात्र राजावाद 
पारसको सिङापुर कान्छी सँग बास 
हिमानीको घर-ट्रस्ट सब बेहाल 
तै पनि राजतन्त्र फर्किने त्रास 
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

देसका युवा बिदेस भाग 
चेली बेटीमा दलाल को आँख
पैले बोम्बै आइले खाडी पास
बजेट सदै दाता को दान 
हुने खाने सदै मालामाल 
गरीब सदै भोकै दिन रात
देश सदै पशुपति को आशिर्वाद  
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

देशको धुकुटी लुटमार 
रक्त चन्दन सिमापार 
चोर सबै नेता का साथ 
गणेश थापा बिजय कुमार 
बलराम माथी ओली को हात
समात्न जाने सलाम थाप
हेर कति राम्रो बेबस्था 
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 

देश उस्तै छ बेहाल 
बत्ती छैन अन्धकार
हल्लै हल्ला मा हाहाकार
ब्यापारी खाली सम्पत्ति थुपार 
नेता सब सत्ता  पछी भाग  
कर्मचारी झन्डा बोकी लाग 
पुलिस आर्मी खै कस्को साथ 
जरो गाडी सको भ्रस्ट्चार 
तै पनि
गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद 
Read Full Discussion Thread for this article