Posted by: Kiddo November 13, 2013
Politics of Terror
Login in to Rate this Post:     0       ?        

Shouldn't somebody be held responsible for this?





माइक्रोबसमा बम प्रहार, वालिकासहित ८ घाइते (भिडियोसहित)

एकै दिन ५१ घटना, २९ पक्राऊ

२०७० कार्तिक २७ गते २१:२० मा प्रकाशित
 827  28 
  0

२७ कात्तिक, काठमाडौं । राजधानीको सामाखुसीमा माइक्रोबसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा ४ वर्षीया बालिकासहित ८ जना घाइते भएका छन् । बालाजुबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा १ ज ९८९१ नम्बरको माइक्रोबसमा बुधबार अपरान्ह बम प्रहार भएको हो ।

Bom attack 1

घटनामा चालक रामबहादुर थापा, ध्वजसिंह विष्ट, विनोदबहादुर चन्द, मनोज पन्त, अप्सरा बस्नेत, मिठु श्रेष्ठ, उनकी छोरी ४ वर्षीया मञ्जु श्रेष्ठ र सानुबाबु बस्नेत घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुको अनुहारको धेरै भाग आगोले पोलेको छ । घाइते मध्ये दुई युवा बुधबारै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

घटनामा घाइते भएका ७ जनालाई धापासीस्थित ग्रान्डी अस्पतालमा र एकजनाको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । स्टुकरमा आएकाको समूहले बम प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

यस्तै बुधबार अपराहृन कालोपुलमा बा १ ज ४१३५ नम्बरको ट्यासीमा आगजनी भएको छ भने वीर अस्पताल अगाडि सुतली बम विस्फोट गराइएको छ । विस्फोटबाट कसैलाई क्षती नपुगेको प्रहरीले बताएको छ ।

Bom attack 2

कांग्रेसको गाडीमा बम प्रहार, जिल्लासचिवसहित ३ घाइते

यसैवीच मकवानपुरको छतिवन-५, गोठखोलामा नेपाली कांग्रेसको नेता कार्यकता चढेको गाडीमा बुधबार सकेट बम प्रहार भएको छ । बम प्रहारबाट कांग्रेसका जिल्ला सचिव विष्णु दाहाल, स्थानीय कार्यकर्ता भक्त थिङ र शंकर जिम्बा घाइते भएका छन् । क्षेत्र नम्बर १ मा पर्ने फापरपारीमा भएको चुनावी सभा सकेर र्फकँदै गरेको बा ३ ख ३७११ नम्बरको गाडीमा अज्ञात समूहले बम हानेको प्रहरीले जनाएको छ ।

उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरेको भए पनि मकवानपुर १ का कांग्रेस उम्मेदवार इन्द्रबहादुर वानिया भने हात्तिसुँडेमा बसेका कारण बचेको कांग्रेसले जनाएको छ ।

एकै दिन ५१ घटना, २९ पक्राऊ

गृहमन्त्रालयले दिएको जानकारीअनुसार बुधबार एकै दिन देशभरि ५१ वटा घटना भएका छन् । बन्दकर्ताबाट चितवन, सर्लाही, नवलपरासी, काठमाडौं, लमजुङ, गोरखा, स्याङ्जा, उदयपुर, कैलाली र काभ्रे जिल्लामा १४ वटा सवारी साधनमाथि बन्दकर्ताहरुले तोडफोड र आगजनी गरेका छन् ।

गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिनुभएको जानकारी अनुसार मुलुकभर बुधबार ५१ वटा यस्ता घटना भएका छन् भने प्रहरीले विभिन्न जिल्लाबाट २९ जनालाई पक्राऊ गरेको छ । कञ्चनपुरका बम विस्फोट गराइएको बारे अनुसन्धान भएरहेको र विभिन्न ठाउँमा राखिएका बम र शंकास्पद वस्तुहरु सेनाले निश्त्रिmय पारेको कोइरालाले बताउनुभयो ।

कानूनद्वारा निशेधित कार्य गर्न खोजेका गृहमन्त्रालयको नियन्त्रण कक्षको टेलीफोन ०१-४२११२०८ सधैं खुल्ला रहने गृहमन्त्रालयले बुधबार साँझ एक वक्तव्य निकालेर सर्वसाधारणमा जानकारी गराएको छ । गृहले उद्योगी व्यवसायीको अवज्ञाका कारण वैद्य माओवादीले आयोजना गरेको बन्दको प्रभाव नपरेको दाबीसमेत गरेको छ ।

- See more at: http://www.onlinekhabar.com/2013/11/136111/#sthash.D2oD3NmA.dpuf
Read Full Discussion Thread for this article