Posted by: vote ke ma November 1, 2013
भोट के मा ??
Login in to Rate this Post:     0       ?        

भोट के मा ??

 

नेपाल अहिले तिहारमय भन्दा पनि चुनावमय भएको छ . फेसबुक भरि ठेलीका ठेली माला लगाएका घर दैलो मगन्तेहरुको फोटो छ. साझा समेत अछुतो रहेन . एउटा समूहको चुनाव प्रचारको माध्यम बनेको छ, साझाको निष्पक्षता समेत औलो ठडिएको छ.

अब त्यै बिबेकशिल पार्टी वा समूह वा बिबेकशील स्वतन्त्र उम्मेदवारहरु बारे विश्लेषण गर्न गैराख्या छु .

१.   1.    हाल सम्म नेपालमा भएको निर्वाचन र परिणामलाई विश्लेषण गर्ने हो भने काठमाडौको जनताको मत गैर पार्टीका स्वतन्त्र उम्मेदबारको पक्षमा उल्लेख्य संख्यामा गएको छैन र यस झुकावमा रातारात अग्रगामी छलांग लाग्ला भन्ने बिश्वास गर्ने आधार भेटिन्न.

२.    2.    स्थापित राजनैतिक पार्टीमा भ्रष्ट, बेइमान, डाका , हत्यारा लुच्चा छुच्चाहरु नभएका हैनन् . तर पनि केही यस्ता अनुहार र ब्यबहारहरु छन् जसबाट केही न केही आश गर्न सकिन्छ.

३.    3.    बिबेकशील पार्टीका उम्मेदवारहरुको  पृष्ठभूमि हेर्दा सबै इमान्दार , देश भक्त र पढेलेखेका छन् र तिनको संदेशमा आम नेपालीको आवाज छन् .

तर यतापट्टि पनि  यसो बिचार गर्ने कि ??

१.       बिबेकशील पार्टीले किन काठमाडौ १, ४, ५ र ८ क्षेत्रबाट मात्र उम्मेद्वारी दिए . किन काठमाडौ २, ३, ६, ७, ९, १० बाट दिएनन ?? ज्ञातब्य छ कुनै पनि उम्मेदवार नेपाल भरिका कुनै पनि निर्बाचन क्षेत्रबाट उम्मेद्वारी दिन सक्छन.

२.    1.    क्षेत्र न १ मा लौह पुरुष गणेशमान पुत्र प्रकाशमान सिंह उठेका छन् , कांग्रेसमा रहेका केही इमान्दार र जुझारु र नैतिकवान मध्ये पर्दछन. न ४ मा गगन थापा , ५ बौद्धिक व्यक्तित्व मानिने नरहरी आचार्य, र ८ मा नविन्द्र राज जोशी छन् . यी चारै जना नेपाली कांग्रेस भित्रका केही मा पर्दछन, दुधले धोएका भने हैनन् .

३.   2.     काठमाडौ २ नम्बर मा दाहाल पुत्री, १० मा स्वयम् प्रचण्ड, ७ मा अत्ति हिस्सी नपरेकी भ्रस्टाचारकी देबी हिसिला यमी छन् . के तिनीहरुको बिरुद्ध बिबेकशील नेपाली कोइ नि उठ्न तयार छैनन् ?? या तिनले गरेको १५ हजार निर्दोष जनताको हत्या , शिबिरमा नरहेका र नक्कली सेनाको भत्ता बापत पचाएका अरबौ रुपैया भ्रष्टाचार हैनन् ?? बिबके भएका मान्छेले त्यसलाई अनुमोदन गरेकै हो त ??

 

४.       3. सापेक्षित रुपमा असल अनुहार बिरुद्ध चुनाव उठेर हत्यारा डाकाहरुलाई अप्रत्यक्ष फाइदा हुने कुरा मा निर्बिबाद छ . कतै बिबिकेशील पार्टी को चपाउने दांत र रिमोट पेरिस डांडा तिरै त छैन ... एउटा शंका गर्ने ठाउ रह्यो.

 

 

Read Full Discussion Thread for this article