Posted by: Nepali Thito123 October 30, 2013
Every Nepali Should Watch this Video
Login in to Rate this Post:     0       ?        
UBB, Thank you for the link: I really enjoyed going through this interview, we need people like Ujjwol Thapa in every districts and Zones of Nepal, Best of luck guys, I will donate you guys when my next paychecks arrives: best of luck and enjoy reading this: एउटै बादमा अन्धभक्त भएर लाग्नुको तुक देख्दिन: उज्ज्वल थापा ujjwolकहिले बन्द विरुद्धको अभियान त कहिले महिला हिंसा विरुद्धको अभियान ‘अकुपाई वालुवाटार’ मा सक्रिय हुने स्वतन्त्र युवाहरुको समूह विवेकशील नेपाली हो । यसले देशलाई निकास दिनको लागि युवाहरुले नै केही गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको छ । संविधानसभाको निर्वाचन अगाडि युवा अघि सर्छ देश अघि सर्छ भन्ने नारा लिएर देश निमार्णका लागि तीन करोड पाइला कार्यक्रम गरेका थियो । देशका १४ अञ्चलका प्रतिनिधित्व गर्दै युवाहरुले वुद्धभुमी लुम्बिनीमा राष्ट्र निमार्णको संकल्प गरे । एउटा व्यवसायी भइकन पनि राष्ट्र निमार्णका लागि हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने ? भन्दै स्वाधिन युवाहरुलाई एकताको सुत्रमा बाँधेर अगाडि बढेका छन् उज्ज्वल थापा । विवेकशील नेपालीका अध्यक्ष समेत रहेका उनै थापा यतिखेर काठमाडौँको क्षेत्र नं. ५ बाट संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेता नरहरि आचार्य र नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेका उनै उज्ज्वल थापासँग हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ, थापासँग हाम्रा सहकर्मी आदर्श प्रधान र रविन्द्र श्रेष्ठले गर्नुभएको कुराकानीः चुनाव नजिकिँदै गर्दा तपाई प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं. ५ बाट उठ्नु भएको छ । हालको चुनावी दिनचर्या कसरी बित्दैछ ? अहिले हामी विवेकशील नेपालीबाट चार निर्वाचन क्षेत्र, क्षेत्र नं. १, ४, ५ र ८ मा स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छौं र एक अर्कोलाई अभियानमा सहयोग गरिरहेका छौं । चुनावी प्रसारमा अरुले धेरै घोषणा, बाचा गरिरहेका छन् र सम्भवहीन कुरालाई पनि सक्छु भनेर झुटो आशा देखाउँदै छन् । हामी त्यस्तो नगरी गराई बढी, बाचा कम भन्ने ढंगले अगाडी बढिरहेका छौं । हामी गर्न सक्ने कुरा गर्छौं र अझ त्यो भन्दा बढी गरेर देखाउने छौं । अरु साथीहरु जस्तै गोविन्दजीले काठमाडौं क्षेत्र नं. १ मा रिक्साबाट भ्रष्ट नेताको छवी देखाउँदै प्रचारमा लाग्नु भइरहेको छ । काठमाडौं क्षेत्र नं. ८ मा पुकार बमजीले सडक चित्रबाट अभियान अगाडी बढाई रहनु भएका छन्, त्यस्तै क्षेत्र नं. ८ मा सन्तोष प्रधानजीले टेक्निकल हिसाबबाट प्रचार गर्दै हुनुहुन्छ । हामी सबैले प्रचार प्रसारमा सूचना प्रविधि, सामाजिक संजाल र मिडियालाई अधिकतम उपयोग गर्दै छौं । म आफै चाँही ५ नं. क्षेत्रको स्थानीय वासिन्दा र पढाई, व्यवसाय पनि यहीँ भएकोले चिनजान राम्रै छ । यसले पनि प्रचारमा सहयोग पुर्याएको छ । सबै तर्फबाट राम्रो सहयोग छ र चुनाव तयारीमा निकै व्यस्त छु । काठमाडौं केन्द्रित हुनुहुन्छ, हाल विवेकशील नेपाली भन्नाले देश भित्र र विदेशमा बसेका साधारण नेपालीले के बुझन् सक्छन् ? विवेकशील नेपाली एउटा संगठन र संजाल हो जसले नेपालीहरुलाई संगठित गर्दै विवेक प्रयोग गरेर अगाडी बढ्न सहयोग गर्दछ । यसले राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा सहयोग गरिरहेको छ । आर्थिक क्षेत्रमा देश, विदेशका नेपालीलाई कसरी व्यवसाय गर्ने भनेर छलफल, सहयोग गर्दछ । स्वरोजगार कसरी बन्ने, कसरी एक अर्कोले सहयोग गर्ने परिपाटी बसाल्ने भन्ने यसको ध्येय हो । सामाजिक क्षेत्रमा नागरिक तथा महिला हकहितको लागि लड्ने र आवाज उठाउने छ । हामीले सत्याग्रह लगायत सिता राईजीको हकहितको लागि आवाज उठाई सकेका छौं । वर्तमान समयमा मुख्य कुरा राजनीतिक सुसंस्कृतिको हो । अहिले समस्या एउटा पार्टीको होइन, एउटा नेताको होइन, हाम्रो समस्या नै परम्परागत राजनीतिक सयन्त्रको हो । हाम्रो उद्देश्य पारदर्शी र जवाफदेही राजनीतिक सयन्त्र निर्माण गर्नु हो जुन अहिलेको राजनीतिक सयन्त्र र प्रणाली भन्दा निकै भिन्न हुनेछ । हाम्रो संगठन रजिष्टर नभएता पनि हामी आफ्नो चुनाव खर्चहरुको विस्तृत विवरण सार्वजनिक गर्नेछौं, यसले अरुलाई पनि यसो गर्न सिकाउला भन्ने आशा छ । अहिलेको अवस्था भनेको विवेक हराएको अवस्था हो । हाम्रो काम नै विवेक हराएको ठाउँमा विवेकको उपयोग गर्ने र विवेकशील बन्न सिकाउने हो । अमेरिका पुग्नु भयो, बसेर, अध्ययन गरेर फर्किनु भयो । सबै जना अमेरिका, विदेश जाने भनेर लागिरहेको बेला तपाई चाँही किन अमेरिकी अवसर छोडेर के देखेर नेपाल फर्किनु भयो ? पहिलो कुरा धर्तीमा आएपछि केही गर्नुपर्छ । मुख्य कुरा भनेको केही छाप छोडेर जाने हो । आएको संसार भन्दा जाँदा खेरीको संसार राम्रो हुनु पर्यो । यो सबैले सोच्ने कुरा हो । तर यथार्थमा बदल्ने जोश कमैले देखाउँछन् । जन्माउने, हुर्काउने काम जुनै पनि प्राणीले गर्छ । यो ठूलो कुरा भएन । त्यसैले यो भन्दा फरक केही गर्छु र आफ्नै ठाउँ बनाउँछु भनेर फर्किएको हुँ । मेरो उद्देश्य राम्रो बनाएर जानु हो । हिजो भन्दा आज राम्रो र आज भन्दा भोली झन् राम्रो बनाउनु पर्छ । अमेरिका भनेको सिक्ने ठाउँ हो, मैले त्यहाँबाट सिके र नराम्रो ठाउँ बनाउन नेपाल आए । तर नेपाल नराम्रो ठाउँ होइन, यसलाई नराम्रो बनाइएको र बुझाइएको छ । यो सबै यथा यस्थितिको राजनीतिले गर्दा मात्र भएको हो । जसले हाम्रो आत्मविश्वास र सोचाई नै सानो बनाइदिएको छ । यो ठाउँ बनाउन सकिन्छ, मात्र केही सही र साहसी पाइलाको आवश्यकता छ, जुन ममा छ । यहाँ गर्न सकिन्छ । माटोको माया त सबैलाई लाग्छ नै, तर यहीँ माटोमा चाहेको फलाउन कमै लाग्छन् । त्यसो गर्न सकिन्छ भनेर आएको हुँ । जस्तै यहाँ आएर आइ.टी. कम्पनी खोलियो, उद्योग खोलियो । आज यहाँबाटै सिक्नु भएका २५ जना साथीहरुले आज आफैं व्यवसाय गरिराख्नु भएको छ । सानै भएता पनि धेरैले फाइदा पाएका छन् । मैले आफूलाई पनि सक्षम बनाए साथै केही योगदान पनि दिएँ । म जन्मिँदा नि सामान्य भएर नै जन्मेको हुँ । मैले अलि बढी मौका पाए र मैले त्यो मौकाबाट सिकेको कुराहरु अरुलाई सिकाउँदै छु । तपाई त आइ.एन्.जी.ओ., एन्.जी.ओ. तिर लाग्नु पर्ने मानिस, समाजिक क्रियाकलाप तिर लाग्दा नि हुने, आनन्दका साथ जीवन बिताउन सक्नु हुन्थ्यो । किन सबैले तिरस्कृत गरिरहेको राजनीति तर्फ मोडिनु भयो ? सामान्यतया धेरैको सोच राजनीति तर्फ लाग्ने हुँदैन । २ वर्ष अघि सम्म मेरो पनि थिएन । म पनि विकल्प कुर्दै बसेको थिएँ । कोही नयाँ बुद्ध आउँलान्, अरनिको आउँलान्, देश बनाउँलान् र म उसले बनाएको देशमा सुखी साथ बसुँला, मेरो सोच यहीँ थियो । अधिकांश नेपालीले जे सोचेको छन्, मैले पनि त्यही सोचेँ । मैले पनि कुरेँ र आफ्नै काम गरेँ । उद्योमशीलतामा लागे, अरुलाई त्यसतर्फ लाग्न सहयोग गरे । संजाल पनि बनाए युवालाई स्वरोजगार बनाएर विदेशीनबाट रोक्न । नागरिक संजाल पनि बनाइयो । त्यसबाट पनि पुगेन । Entrepreneurs for Nepal भन्ने संगठन बनाए । बाहिरै बसेर राजनीतिक सुधारको अपेक्षा गरियो र आशा गरेर बसियो । राजनीति भन्दा बाहिर बसेर राम्रो समाज बनाउन खोजियो । बन्दको विरुद्ध ३ वर्ष लागियो । संविधान बनाउन दबाब पनि दिइयो । तर राजनीति बिनाको सबै प्रयासमा प्रभावकारिता भएन । मुख्य कुरा राजनीति नै रहेछ भन्ने बिस्तारै चेत आयो । राजनीति गर्ने भनेको एक किसिमको बाध्यता हो । हामी जस्तो युवा राजनीतिमा नलागे सम्म केही नहुने रहेछ र यो गर्नै पर्ने कुरा हो । हामी जस्ता राम्रो मानिसलाई जनताले राजनीतिमा सहयोग नगर्ने हो भने देश ढल्ने अवस्थामा छ र यसको परिणाम भोग्न सबै नेपाली तयार हुनुपर्छ । देशलाई काँध दिन पाइला चालेको हुँ । केही पार्टीका साथीहरु आएर हामीसँग लाग्नुहोस्, एक्लै के गर्न सक्नु हुन्छ र भन्दै आबद्ध हुन निम्तो पनि आयो । तर कुरा संख्याको होइन । पहिलेका ६०१ मा राम्राहरु पनि थिए । तरले उहाँहरुले गर्न सक्नु भएन । समस्या राजनीतिक संयन्त्रमा नै छ । जुन बदल्नु अति आवश्य भइसक्यो । नत्र यही परिपाटीलाई अंगाली राख्ने हो भने हामी पछिको पुस्ताले झन् धिकार्ने छन् । विवेकशील नेपालीका हामी पोजिटिभ भाइरस हौं । जो हालको संत्रमित राजनीतिक धारमा परिवर्तन ल्याउन प्रतिबद्ध छौं । देशमा पहिले देखि नै विभिन्न राजनीतिक युवा संगठन छन् जसमा स्कूलका बालबालिका देखि पढिरहेका युवावर्ग समेत समेटिएका छन् ? तिनीहरुमा र विवेकशील नेपालीमा के फरक छ त? हामी र उहाँहरुमा तुलना हुन सक्दैन । उहाँहरु १९ औं शताब्दीको राजनीतिक विचारधारामा लिएर अगाडी बढिरहनु भएको छ, जति बेला वर्ग, गुट, द्धन्द्धको लागि राजनीति गरिन्थ्यो, समृद्धिको लागि होइन । उहाँहरु यो बाद, त्यो बादमा अल्झिरहनु भएको छ । हामी अहिले २१ औं शताब्दीमा छौं र समय साक्षेप राजनीति गर्नु पर्छ भन्ने हाम्रो धारणा हो । हाम्रो भनाई, समस्या सुल्झाउने राजनीति गरौं, तर्क गर्ने राजनीति नगरौं । हाम्रो पार्टीले जित्यो भने लोडसेडिंग, पानीको समस्या सुल्झने, अर्को पार्टीले जित्यो भने नसुल्झने, त्यस्तो दलगत राजनीति होइन, समस्या सुल्झाउने राजनीति गर्छौं र सिकाउँछौं । हामीले वाच डग (watch dog) को भूमिका खेल्ने हो । उम्मेदवार हुनु भएको छ, पछि हट्न दबाब कत्तिको आइरहेको छ? दबाब आउँछन् । फोनबाट, नजिकका मान्छेहरुबाट छोड्न आग्रह गरिरहेका छन् । यस पल्ट हाम्रो क्षेत्रमा विकल्पका रुपमा हामी उठेका छौं र उहाँहरु भोट बाँडिने डरले हामीलाई पन्छाउन विभिन्न किसिमका दबाब दिइरहेका छन् । अहिले हामीले जनतालाई ४ क्षेत्रमा विकल्प दिएका छौं । उहाँहरुको ड्याम्मै ढोका बन्द गर्ने प्रयासमा हामीले अधकल्चो राखेर जनतालाई निर्विकल्प हुन दिएका छैनौं । यहाँ नराम्रा मान्छेहरुको सिन्डिकेट छ । उहाँहरुलाई ढोका बन्द गर्न नदिएर हामी छिर्न पाए पछि सबै नेपालीहरु पनि छिर्न सक्ने छन् र हरेक कामको जवाफ माग्न सक्ने छन् । हाम्रो लक्ष्य सिष्टममा बसेर जवाफ माग्ने र सक्षम नेतृत्व बनाउने हो । हामीले ५ वर्षमा यस्ता सयौं विवेकशील नेपाली जन्माउने छौं । राजनीतिमा युवाहरुलाई सहभागी बनाउन सहयोग गर्ने, डप्लोम्याट बन्ने, नातावाद, परिवारवादबाट टाढा भएर स्वच्छ राजनीति गर्ने, आर्थिक जीवन र राजनीतिक जीवनलाई छुट्याउन सिकाउने, देशको हितको लागि विभिन्न अन्तर्राष्ट्रिय निकायसँग कसरी समन्वय गर्ने भन्ने जस्ता विषयहरुमा प्रशिक्षण दिने छौं । निर्वाचनमा उठ्नु भन्दा पहिले र अहिले विवेकशील नेपालीको पहिचान कत्तिको बढेको छ ? उत्साहजनक रुपमा सहभागिता र सहयोग बढेको छ । नेपालीहरु संसारभर छरिएका छन् र परिवर्तनको पर्खाइमा छन् । अहिलेको नकरात्मक राजनीतिक वातावरणलाई परिवर्तन गर्न सबै सकारात्मक छन् । सपोर्ट सबैतिरबाट छ र हामीसँगै उहाँहरु पनि उत्साहित हुनुहुन्छ । अर्को तर्फ हामी नेपालीहरु बाध्यतामा अल्झिएका छौं र हामीसँग समय छैन । हामी खान, बस्न, पढ्न र लाउनमा नै आफ्नो अधिकतम् समय खर्चन बाध्य छौं । व्यस्ततामा पनि उहाँहरुले जसरी सक्नुहुन्छ समर्थन जनाईरहनु, हौसला दिइरहनु भएको छ । धेरै साथीहरु भेट्न आउनु भएका छन् । एस.एम.एस् गरेर उत्साहित बनाईराख्नु भएको छ । हामी घरदैलो जस्ता प्रचार प्रसारमा लाग्न सक्दैनौं, त्यसैले नयाँ तरिकाले फेसबुक जस्ता सूचना प्रविधि र मिडियाको प्रयोग गरेर अगाडी बढेका छौं र प्रभावकारिता बढ्दो छ । हामीलाई केही अवान्छित अफर पनि आएका छन् । यति तिर्नु भयो भने यति सम्मको प्याकेजमा प्रचार भनेर । हाम्रो अन्तिम लक्ष्य जसरी हुन्छ यो चुनाव जित्नु होइन, यो हाम्रो पहिलो पाइला हो । यसको सफलता पछि अरु धेरै कुराहरु गर्नुछ । हामी भूलवश पनि चुकेर दुर्गन्धित हुन चाहँदैनौं । हामीले हरेक पाइलामा यस्ता अवान्छित तत्वलाई लत्याउँदै आफ्नो लक्ष्य तर्फ बढ्ने संकल्प लिएका छौं । नेपालीहरु विशेषत राजनीतिक दलसँग आबद्ध रहने गर्छन् । कोही करले, कोही आस्थाले, कोही विश्वासले, कोही डरले सुरक्षाको लागि पनि । यस्तो बेलामा तपाई कसरी उहाँहरुलाई आफू तर्फ आकर्षित गराउन सक्नु हुन्छ ? यदि कोही डरले, करले राजनीतिक छत्रछायाँमा सुरक्षाको लागि आबद्ध हुनुहुन्छ र उहाँहरु यसरी नै डराएर एकातर्फ अन्धो झुकाव राख्नु हुन्छ भने सधैं नमस्कार गरेर झुक्नु पर्ने संस्कार रहन्छ । मन त सधैं भारी रहन्छ नै । अहिले नेताहरु घरदैलोमा आएर झुकेर नमस्कार गर्दै यसो गर्छु र त्यसो गर्छु भन्ने र जितिसके पछि हामी उहाँहरुको पछाडी नमस्कार गर्दै यसो गरिदिनु पर्यो, उसो गरिदिनु पर्यो भन्दै लाग्ने । अहिले नेता कमजोर छन्, जनता बलिया । चुनाव पछि नेता बलिया, जनता कमजोर हुने । यो परिपाटी नदोहर्याऊ र आत्मसम्मान बचाऊँ । हाम्रो प्रयास नागरिक र राजनीतिकर्मी दुवैले सफलता पाउनु हो । हामीले नसक्ने बाचा नगर्ने र उहाँहरुले पनि हामीले गरेका बाचा पुरा पाउने । अहिले नेपालमा सही नेतृत्वको आवश्यकता छ । कुरा तर्क र बादको होइन, गराईको हो । कतै समाजबाद, कतै पूँजीबाद, कतै साम्यवाद, यो सबै मोडल कहीँ न कहीँ सफल भएका छन् । त्यसैले यो बाद राम्रो, त्यो नराम्रो भन्न सकिन्न । कहिले समाजबादले समस्या सुल्झन्छ त कहिले पूँजीवादले, एउटै बादमा अन्धभक्त भएर लाग्नुको तुक देख्दिन । यो बाद, त्यो बाद, देशै बर्बाद भइरहेको अवस्था छ अहिले । अहिलै निर्वाचन आउन निकै कम समय छ । यो छोटो अवधिमा कसरी प्रचार प्रसारमा लाग्दै हुनु हुन्छ ? अहिले आइ.टी.ले संसार परिवर्तन गरेको अवस्था छ । सोसेल मिडियाबाट धेरैले मेरो नाम सुनेका छन् । सायद आठ दश वर्षमा अहिलेको जस्तो घरदैलो कार्यक्रम गरि प्रचार प्रसार गर्नु पर्दैन । हामीले अहिले विगतका समस्या र घाउहरुलाई कोट्याउन लागिपरेका छौं । अहिलेको महंगी बढ्न, हरेक नेपालीको संविधान बनाउन रु. ३५०० बथ्या खर्च हुन, समयको अवमुल्यन हुन को जिम्मेवार छ? शुन्य प्रतिफलको जिम्मेवार को छ? नेपालीहरुले यो कुरा बिर्सन लागेका छन् । यसलाई फेरी सम्झाउने, बल्झाउन लागि परेका छौं र यो भन्दा फरक नतिजा र धोकाबाट बच्नको लागि मलाई जिताउनुहोस् भन्ने अनुरोध गर्दैछौं । आईन्सटाईनको भनाईलाई मैले आफ्नै ढंगमा राख्दा - गल्ती गर्ने एउटै मान्छेलाई धेरै पल्ट अवसर दिएर त्यसबाट बारम्बार राम्रो प्रतिफलको आशा गरिराख्नु पागलपन हो । हामी व्यवसायमा, आफ्ना बालबालिकाहरुको विषयमा जब कसैबाट भएको कुनै गल्तीमा सम्झौता गर्दैनौ भने देशको भविष्यमा किन सम्झौता गर्ने? यी सबैबाट अब के छ भन्दा, मै हुँ विकल्प भनेर बढ्दैछु । निर्वाचनको लागि आर्थिक स्रोत कसरी जुटाईरहनु भएको छ? स्रोत खुलाउन मिल्छ भने कृपया खुलाईदिनु होला । अवश्य मिल्छ । पारदर्शिता नै हाम्रो गहना हो, शक्ति हो । दशलाख भन्दा बढी खर्च गर्न नपाउने आंचारसंहितामा बसेर हामी लागिरहेका छौं र एकदमै सिमित स्रोतसाधनबाट अगाडी बढिरहेका छौं । साथीभाइ, नाताजन, कुटुम्ब, हितौषी नै हाम्रा मुख्य स्रोत हुन् । उहाँहरु स्वैछिक रुपमा समय, स्रोत र प्रचारमा सहयोग दिइरहनु भएको छ । हामीसँग सीमित स्रोत छ र यसको एकदमै सही र प्रभावकारी ढंगले अधिकतम प्रतिफल आउने गरी यसलाई उपयोग गरिरहेका छौं । हामीलाई मोटरसाईकल, गाडीमा तेल हाल्दै सयौं कार्यकर्तालाई खुवाउने, पाल्ने आवश्यकता छैन र घरदैलो कार्यक्रमको लागि ४०/५० जना मान्छे जम्मा गर्नु परेको छैन । सोसल मिडियाले शुन्य पैसामा काम गर्न मद्दत पुर्याएको छ । यसको प्रतिफल हेर्न बाँकी नै छ । सहयोग जस्तै, हाम्रो पर्चामा कुनै बाद र घोषणा नदेखेर अचम्म मान्दै पर्चाको छपाईमा पनि राम्रो छुट दिनु भएको छ । यसरी पनि नैतिक र आर्थिक सहयोग पाइरहेका छौं । हामीले चुनाव पछि कसले कति चन्दा दिनुभयो र जसले आफ्नो नाम खुलाउन चाहनु हुन्न उहाँहरुको नामको अगाडीको अक्षरमात्र राखेर भएपनि वेबसाईट मार्फत र यहीँबाट सार्वजनिक गर्ने छौं । तपाईको चुनाव जितिसके पछि के काम गर्नु हुन्छ त? कुनै बाचा र घोषणापत्र छन् ? मेरो केही वर्ष अघि देखि नै कसरी काठमाडौंलाई सुन्दर र नमूना शहर बनाउने भन्ने सोचहरु रहेका छन् । ति विकासका मोडलहरु यहाँ मात्र नभई देशभरी फैलाउने र तिनको कार्यान्व्यनमा सहयोग गर्नेछौं । मेरो ब्लग www.whynepal.com मा यसको विस्तृत जानकारी पनि छ । स्थानीय निकायको चुनावको लागि दबाब दिन अघि सर्ने, स्थानीय निकायमा पारदर्शिता, चुस्त र जाँगरिलो सरकारी कार्यालय, स्थानीय निकाय र टोललाई सार्वजनिक सम्पत्तिको स्वामित्व, प्रति जग्गाहरुमा पार्क स्थापना, महिलामैत्री समाज, चुस्त सुरक्षा, आर्थिक मोडेलमा गल्ली पर्यटन र हरित उर्जा विकास जस्ता गर्न सकिने कार्यहरु छन् । उदाहरणको लागि काठमाडौं ५ नं. क्षेत्रमा गल्लीहरु पनि धेरै छन् । तिनमा सोलार बत्ती राखेर, राम्रो सडक बनाएर गल्ली पर्यटन गर्न सकिन्छ । सोलारको लागि वरिपरिको व्यापार र व्यवसायीसँग सहयोग माग्ने, यसले उहाँहरुको व्यापारमा सहयोग पुर्याउने छ । सरकारको मुख ताकेर मात्र नबसी समाजका सबै वर्गको सहयोग लिएर सबैलाई समेटेर विकास गर्न अघि बढ्ने हो ।
Read Full Discussion Thread for this article