Posted by: Rahuldai October 25, 2013
एका बिहानै उनले मलाई सरापेर गइ.........
Login in to Rate this Post:     11       ?         Liked by

एका बिहानै उनले मलाई सरापेर गइ

यस्तो लाग्छ मिठो राग अलापेर गइ

 

आज मलाई दोबाटोमा फर्की फर्की हेरी

कर्के नजरले हेराइको गहिराइ नापेर गइ

 

कर्केर, तर्केर जाने आँखा खै कता हरायो  

मधुर मुस्कानले  रंग प्रणय छ्यापेर गइ

 

सोह्र शृंगारमा अझ कति राम्री आज त

नमेटिने तस्बिर मुटु भित्रै छापेर गइ 

Read Full Discussion Thread for this article