Posted by: shirish October 25, 2013
फेसबुक "वाह"
Login in to Rate this Post:     0       ?        
Just saw  a post on Facebook narcissism. This was what I wrote on Sept 27 
https://www.facebook.com/mabi.singh


वाह (WOW)


फेसबुकां “वाह” (Wow) को प्रयोग धेरै किसिमले गर्ने गर्दछु ! कहिले “वाह”का पारखी हुन्छु, कहिले “वाह”का दाता हुन्छु, भने कोहि “वाह” का भोका हुन्छु ! म “वाह” को कुन बर्गमा पर्छु छान्नु होला ! अल अफ द अभब गरे नि हुन्छ ! वाह !

१। यहि “वाह” पाउन कहिले फोटो खिचेर टांस्छु ! सबले क्या सेक्सी वाह, क्या Qute "वाह", क्या butiful वाह, सेक्सी टिट्स "वाह" भन्ने कमेण्टहरुले मख्ख परि रहेको बेला एउटाले आएर “माहारानी त मोटी हुनु भो” भन्दा चड्काई दिउं जस्तो लाग्छ ! तर सांचो कुरा बोल्ने हिम्मत गर्नेलाई एउटा वाह ! के गर्ने वाहको स्वाद पाएपछि फोटो खिच्ने मौकाहरु पनि त खोज्दै हिड्नु परो ! कसरी हुन्छ, कहां हुन्छ !

२। एउटा केहि लेखेर ख्वाक्क खोक्छु (यो अरुले यस्तै किसिमले लेखि सकेका छन् ) – तल तिर आफ्नो बडेमाको फोटो टांस्छु ! कसैले त्यसैलाई गजल सम्झेर वाह गर्छन् – कसैले लेख भनेर वाह गर्छन् – कसैले कबिता देखेर वाह गर्छन् ! कहिले त वाह को सुरमा आफैले लेखेको हो कि हैन पनि थाहा हुन्न ; के लेखेको हुं त परै जावोस् ! म पनि के कम् – एउटा “धन्यबाद” फ्यांकी दिन्छु – त्यस माथी पनि कति वाह कति वाह !

३। मैले धेरै “वाह” को प्रयोग गरेको देखेर एउटा मित्र भन्छिन् – फेसबुकमा like, comment, share को बटनले पुगेन, वाह (Wow) पनि थप्नु पर्यो !

४। म प्राय लेख रचना पढ्दिन ! आफूले “वाह” नगरि अरुले आफ्नोमा “वाह” नगर्ने कुरा बोध भएकोले बेला बेलामा पढ्दै नपढी “वाह” गरि दिन्छु ! र प्रायमा मेरो कमेण्ट एकै खाले हुन्छ “हजूरको अमर शब्दहरुले मोहनी लगायो, भाबमा त झण्डै ज्यानै गएको, शैलीले श्वासै रोकियो – वाह हजूरको रचना ! पढ्ने (वाचन) मौका दिनु भएकोमा धन्यबाद ! यस्तै रचना फेरि पढ्ने अबसर दिनु होला ! “वाह” नभनि रहन सकिन !

५। वाह र Like मेरो मापन संयन्त्र हुन् (जो सुकैले जे कुरामा गरे पनि) ! चोकोलेट खाएर शरीरमा endorphin को प्रबाह भए जस्तै हुन्छ ! Like को सट्टा वाह चाहियो ! लौ न प्लिज वाह गर्दिनुस् र मेरो दिनलाई वाह बनाई दिनुस् ! 

६। वाहको बारेमा तपाईको पनि कुरा सुनम् न !

(कसैको ब्यक्तिगत जिन्दगीसित मिल्न गएमा सरी है ! )
Read Full Discussion Thread for this article