Posted by: kbhom1 October 19, 2013
कौडा Kauda Rules for Tihar
Login in to Rate this Post:     2       ?         Liked by

चारजना बस्ने| बाँकी सबै च्याँखे |

४ दाउ (तिया, चौका, पन्जा र छक्का) बाँडेर लिने |Anti-Clockwise मिलेर बस्ने | Odd र Even दाउ opposite but facing each other हुनुपर्छ|


ठिनी निर्धारण गर्ने ($1, 2, 5 etc.) |

पहिला तिया दाउले खेल सुरु गर्ने |(This is called हाते)

सबैले न्युनतम Bet राख्नै पर्ने|

पहिलो पटक मा-र्यो भने कौडाको घण्टी बुझाउनु पर्ने| Minimum घण्टी १ ठिनी बराबर or more|

मारेपछि Bet दोब्बर पर्दै लानु पर्ने This is compulsory|

नगद सकियो भने जिन्सी पनि प्रयोग गर्न मिल्छ :)| तर ४ जनाले तोकेको मूल्य मात्र प्राप्त हुनेछ | जस्तै राडो घडि $५०, iPhone $१०० etc .

मा-र्यो भने मार्नेले फेरि हान्छ, मारेन भने दाउ सर्छ | यहि प्रकृया कायम रहन्छ|

खेल रोक्नको लागि चौका दाउमा पुग्नु पर्छ अन्यथा कौडा ले पिर्छ |

हातेले ठिनी बराबरको च्याँखे जुन दाउमा पनि हान्नै पर्छ, ठिनी भन्दा बढि छ भने समझदारी अनुसार गर्ने|

मा-र्यो भने सबै लान्छ ति-र्यो भने १ दाउको ठिनी र च्याँखे बराबर तिर्ने हो|

कौडा १ हातले हान्नुपर्छ | एकैपटकमा पछार्नुपर्छ |

कौडा सबैले गनिसकेपछिर मारेको/तिरेको ठिनी हिसाब भए पछि मात्र उठाउनु पर्छ |

गणना पुरा नहुँदै कौडा उठायो भने उठाउनेले सबैलाई त्यो पटकको ठिनी तिर्नु पर्नेछ|

कौडा माथि चढेको कौडा घोप्टो मानिनेछ (जबसम्म कौडाको पुरै दाँत देखिंदैन) | ठाडो घोप्टो जताबाटपनि दाउ छुट्याउन सकिन्छ|

http://kbhom.wordpress.com/ for details
Last edited: 19-Oct-13 01:59 PM
Last edited: 19-Oct-13 02:03 PM
Last edited: 19-Oct-13 02:05 PM
Read Full Discussion Thread for this article