Posted by: Rajanthapaliya October 14, 2013
इज्जतको रुपमा षड्यन्त्र...
Login in to Rate this Post:     0       ?        
इज्जतकोरुपमाषड्यन्त्र
 
"इतिहासजित्नेहरुकोघोडाहो"                                                                                                                                                       -राजन थपलिया
rajanthapaliya@gmail.com
                                 
 
हार्ने हरु को न कुनै अस्तित्व रहन्छ न कुनै नाम निसाना । म कुनै राजनैतिक दलको नेता, कार्यकर्ता तथा समर्थक केहि पनि होइन तर देश बुझ्दै जादा समाजमा धेरै पात्र हरु भेटिए जस्ले देश बदनाम गर्दै छन । देशकै जिम्मेवार नेता लाई थप्पड हान्नु, भनेको देश अपमानित हुनु हो । देसै बदनाम हुनु हो । अझ त्यो थप्पड हान्ने मान्छे लाई सम्मनित गर्नु भनेको बिश्वको अगाडी हामी आफै लज्जित हुनु हो । अझ त्यस्ता ब्यक्ती लाई कारबाही नगर्नु भनेको त कानुनको खिल्ली उडाउनु हो । त्यस्ता घटना अमेरिकामा भएको भए ति ब्यक्ती उहिले जेल गइ सक्थे । जिन्दगी नै पतन भइ सक्थ्यो । तर नेपालमा उन कै हाइ- हाइ छ अझ चुनाब उठ्ने रे । मुर्ख केहि बिबेक गुमाए का केहि स्वोदेशी तथा बिदेशी अनि अन्य दल का भ्रस्ट हरु ले निकै उचालेका छ । एकदिन उनि कर्कला को पानी जस्तै भुइ मा खस्दा आफ्नो हैसियत राम्ररी थाहा पाउछन ।
 
युद्धको पिडा त नेपालमा सबै लाई छ नि, बिश्वमै रातारात जादु चमत्कार हुने वाला केहि छैन । कसै को झुटो भाषाण माथि बिश्वास गरेर तपाईं पछी लाग्नु हुन्छ भने त्यो तपाईंको आफ्नै मुर्ख्याइ हो । तपाईं आफै सिक्षित तथा सक्षम हुनु भए को भए कार्य कर्ता भए र बस्नु पर्ने थिएन तपाइ केन्दिय नेता भइ सक्नु हुन्थ्यो । कार्यकर्ता हुनु भनेको तपाईं कसैको लागि भर्र्याङ हुनु हो । कहिले सोच्नु भो त्यो कुरा ? आफुमा केहि खुबी छैन ठुला - ठुला कुरा गरेर उल्लु नबन्नुस । आज २,४ जना ले समर्थन गरे पनि भोली तपाईं लाई त्यही ब्यक्ती हरु ले पंगु बनाउने निश्चित छ । आत्मा जागरण मा लाग्नु आफुमा सुधार गर्दै, ज्ञान गुन ले परिपूर्ण गर्नु, बिदेसी दलाल तथा भरौटेहरुको पछी लगेर पनि हुन्छ तपाईं हरु जस्ता युबा सक्ती हरु ।
 
जब सम्म जनता हरु को खोपडी मा बादल हट्दैन तब सम्म इज्जत को रुप मा षड्यन्त्र चलिरहन्छ । कसैलाई इज्जतै गर्नु छैन भने बेइज्जत किन गर्नु हुन्छ । षड्यन्त्र गर्नु भने को आफै सड्नु हो । तपाईं मनसिक रुप मा किन सड्नु हुन्छ बरु आफ्नै जिबन लाई पढ्नुस । सुधारनु पर्ने के के छ सुधारनुस अनि अघी बढ्नुस । मान्छे हरु आफु अघी बढ्न नसके पछी अरु लाई रिस डाहा गर्न थाल्छन । राज नितिमा त यो रिस डाहा गर्ने चलन बिश्वमा नै परा पुर्ब काल देखी चली आएको चलन जस्तै भइ सकेको छ । अब्राम लिंकन देखी जोन एफ केनेडी सम्मका नेता हरु त्यही षड्यन्त्र को जाल मा फसाइ मारिएका थिए ।
 
नेपाली नेता मदन भण्डारी समेत त्यो षड्यन्त्र बाट अछुतो रहन सकेनन । अझ यस्तै खेल भइ रहने हो भने, अझ कती नेता हरु षड्यन्त्र को सिकार हुने हो त्यो त भगवान लाई नै थाहा होला । जब देशमा एक अर्का प्रती सम्मान रहदैन तब सम्म इज्जत को रुप मा षड्यन्त्र चली रहन्छ । दुइ सय चालिस बर्श सासन गरेको राजतन्त्र त झन पुरै षड्यन्त्र को जालो बाट चले को थियो । जस्ले जनता हरु को रगत को होली खेली आफ्नो सन्सार रङिन बनाएको थियो । जब त्यो राजतन्त्र को जालो फुट्यो तब नया सक्ती को उदय भयो । परिवर्तन हुन समय लाग्छ । आज को भोली राता रात हुने केहि छैन सबै ले बुझ्नु पर्छ । बाटो मा टाएर बालेर हुनेवाला केहि छैन । कसैलाई अपमानित गर्नु छ भने भोट दिइ किन जिताउनु हुन्छ । यो प्रश्न नेता लाई होईन हामी जनता लाई ।जिताए पछी किन बदनाम गर्नु हुन्छ ?
लहै लहै मा लाग्ने भेडा बाख्रा जस्तो होइन सिक्षित जनता भइ आफ्नो सभ्य परिचय दिउ, कसैलाई सम्मान गरे पछी बदनाम नगरौ, दिस इज कमन सेन्स ।
 
भ्रस्ट नेता, भ्रस्ट जनता चाहिदैन
इज्जतको रुपमा षड्यन्त्र गर्न पाइदैन
Read Full Discussion Thread for this article