Posted by: crazy_love October 3, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        

सानी अझै निदाएकी थिइन। शायद पनि मलाइ सम्झिरहेकी थिइ। यो अध्यारोमा उसलाइ पनि डर लाग्दो हो। उसलाइ पनि एक्लोपनले सताउदो हो। कहिल्यै उसको कोठामा गएको थिइन। के गर्दै होलि भन्दै तल झरे। उसको कोठाको भित्र पिलपिल बत्ति अझै बलिरहेको थियो, तर ढोका बन्द थ्यो। ढोका ढकढक गर्नु अघि मैले भित्र सानी एक्लै छैन भन्ने थाहा पाए। भित्र सङ अरु कोहि पनि थियो, ढोकाको सानो प्वालबाट मैले बिस्तारै चियाएर हेरे, भित्र दुइटा शरीर देखियो, निर्बस्त्र, नारी अनि अर्को? अर्को पुरुष थियो। बिजयी पुरुष आगो भएर लप्किन थाल्यो। सानीले पनि मलाइ जित्न दिइन, आफै बिजय उत्सब मनाउदै छे अर्को कुनै पुरुषसित। भित्र ती दुबै शरीरहरु एकआपसमा सर्प झै बेरिन थालेका थिए, उनिहरुको तातो रापले मेरो रिसलाइ अरु सल्काइरहेको थ्यो। सानी बाहिर देखिए जस्तै सरल थिइन, पनि अरु भन्दा फरक थिइन। एक मनले मलाइ ढोका फुटाएर भित्र जान मन लाग्यो सानीको चुल्ठो समातेर भन्न मन लाग्यो "बेश्या! तलाइ लोग्नेले त्यसै छोडेको हैन! तलाइ थुक्न चाहन्छु! थु--" मैले थुके ढोकैमा। सानीको कोठाभित्र उच्छबासको ध्वनिहरु तरङित हुदैथ्यो। थरथर काम्न थालेको थे, अनायास कौसीमा मैले सुनिलाइ देखे। मलाइ खोजीरहेकी थिइ।  मलाइ झल्यास्स याद आयो सुनिप्रति मेरो जति अधिकार , त्यो सानीमा छैन। सानी मेरो स्वास्नी हैन। आफ्नै घाउमा  आफै मलहम लगाउदै   बिस्तारै माथि उक्ले। सुनि कौसीमा टहलीरहेकी थिइ।

"यति राति का गएको?" सामान्य हुने कोशिसमा थिइ।

"तल बगैचामा!" मलाइ उसङ बोल्नै मन थिएन।

"कस्तो शीतल है !" भन्दै नजिक आइ।

"अँ!" फेरि तल सानीको कोठातिर हेर्न थाले, एकछिनमा ढोका खुल्यो पुरुष आक्रिति देखियो, त्यो हस्याङ् फस्याङ गर्दै बाहिर जादै थ्यो।

मैले आफैलाइ रोक्न सकिन र सोधे, " तल को हँ ?"

"हजुर ! म" हरिदाइको स्वर सुनियो, मुमाको ड्राइभर हरिदाइ यति रातिसम्म सानीसङ बासनामा लिप्त रहेछ। घरमा स्वास्नी बाटो हेर्दै होली।

"हरिदाइ ! अध्यांरो बाटो! बिस्तारै जानुस् है!" सुनिले कौसीबाट भनी।

"हस् ! हजुर" भन्दै हरिदाइ बाहिर निस्कियो।

 सानीको कोठाको बत्ती निभ्यो। बाताबरण शान्त थियो, भित्र त्यसको ठिक बिपरित तुफान उर्लिदै थियो। सानीप्रतिको मेरो सहानुभुति हट्यो। किनभने मेरो बराबरीमा आइ। सङ रातमा हरिदाइ सुत्छ, सङ सुनि। हरिदाइले जुठो बनाएको सानीलाइ दिउसो माया गर्थे। सानीको ओठ, शरीर, अङ प्रत्यङसङ हरिदाइ खेल्नु हुन्थ्यो त्यही सर्बाङलाइ पबित्र मानेर ग्रहण गर्थे। मलाइ आफैसङ घिन लाग्न थाल्यो। मलाइ आफ्नो शरीर दिङ्दिङ जस्तो लागिरह्यो। सुनि मेरो नजिक आएर मलाइ मनाउने कोशिश गर्दैथी। मेरो शरीरसङ लपक्कै टासिन आइ "सरी" भन्दै ओठमा चुम्न थाली। झस्किए, किनभने मेरो ओठमा पनि सानीको जुठो , हैन, हैन,  मेरो ओठ सुनिको जुठो हो, सानीले बिना हिच्किचाहट यही ओठलाइ दिउसो चुम्बन गर्छे। यस अर्थमा अब सानी समानान्तर हैन समान भइ सम्बन्धमा, शरीरको भोक प्रेमको झुठो खोल ओढेर अब देखि यो समानान्तर सम्बन्ध निरन्तरता चाहन्छ कि चाहदैन अहिल्यै केहि भन्न सक्दिन।

समाप्त।

Read Full Discussion Thread for this article