Posted by: crazy_love October 3, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        

भाग-६

शायद यो समाजमा सानीको कथाहरु धेरै छन् केहि लेखिन्छन्, पढिन्छन् र बिर्सिन्छन्, केहि लेखिदैनन् तर बिर्सनै नसकिने खालका हुन्छन्। समाजले कहिल्यै यस्तो कथालाइ स्थान दिदैन तर भित्रभित्रै अप्रतक्ष्य रुपमा देखेर पनि नदेखे जस्तो गरिरहेको हुन्छ। मैले समय मिलाएर साँझ सानीलाइ सुटुक्क सोधे, मुमाले अरु के के भन्नु भयो। सानीले खासै ठुलो कुरा हैन भनेर टारी। सम्झन्छे, मुमाको शंका सामान्य हो, मुमाले हुन सक्ने संभाबना भन्नु भएको हो। भैसकेको कुरा थाहा पाउनु भएकै छैन। सानीको कुराले पनि ढुक्क भए।

बेलुकी सुनिको मुड खराब थियो। मलाइ रुबिको रिजल्ट राम्रो छैन, उसलाइ किन गाइड गरिन भनेर निहु खोज्दै थी। मैले ट्युशन राख्दा राख्दै रुबि फेल हुनुमा मेरो कुनै दोष छैन भनेर स्पष्टिकरण दिए। मेरो तर्क मान्न तयार थिइन। रुबि फेल हुनु सबै मेरो कारण हो भनेर वकालत गर्दैथी। मलाइ उसङ बादबिबाद गर्नु बेकार लागिसकेको थ्यो। मैले घरको वास्ता नगरेको बच्चाहरुको पढाइ पनि हेरबिचार नगरेकोले उसले पाउनुसम्म दुख पाइ भनेर गन्थन गर्न थाली।

"अरे बाबा! जे भए नि तिम्रो लोग्नु हु नि!" अति भएपछि मैले आफ्नो फ्रस्टेशन पोखे।

"लोग्ने मात्र भएर हुदैन, लोग्नेको जिम्मेवारी पनि बहन गर्नु पर्यो नि!" उसलाइ जित्न कसले सकोस्।

"हामी अझै बिदेशी भैसकेको छैनौ। हाम्रो नेपाली समाजमा अझै पनि लोग्नेलाइ सम्मान गर्ने स्वास्नीहरु छन्।" भन्दै कोठाबाट बाहिर म कौसीतिर लागे।

"तिम्रो धुपबत्ति बालेर पूजा गर्नु पर्यो अब मैले?" कोठाभित्रबाट च्याठिदै कराइरहेकी थिइ।

बाहिर अध्यारो थियो। लोडशेडिङको कारण इन्वर्टरले बलेको बत्तीहरु त्यै चहकिला थिएनन्। मैले आकाशको ताराहरु हेरे, सबै चम्किला थिएनन्, केहि मधुरो जस्तो। त्यसपछि मैले सानीको कोठातिर हेरे, भित्र मधुरो प्रकाश थियो। एकैछिन बाहिरको शीतल हावा महसुस गरे सानीको कोठा देखेपछि अलिकति राहत भयो। सानी अझै निदाएकी थिइन। शायद पनि मलाइ सम्झिरहेकी थिइ। यो अध्यारोमा उसलाइ पनि डर लाग्दो हो। उसलाइ पनि एक्लोपनले सताउदो हो। कहिल्यै उसको कोठामा गएको थिइन। के गर्दै होलि भन्दै<font face="Times</body></html>

Last edited: 03-Oct-13 04:20 PM
Read Full Discussion Thread for this article