Posted by: crazy_love October 3, 2013
Login in to Rate this Post:
0
?
मैले जे देखे, अरु कसैले देखेनन्। मैले जे सुने अरु कसैले सुनेनन्। म सबै बुझ्ने भैसकेको थिइन, बुबाप्रति मेरो आदर घट्न थाल्यो, तर उहाको माया मप्रति पहिले जस्तै रह्यो, बरु कहिल्यै घटेन। तर उहा हाम्रो अन्नदाता हुनुहुन्थ्यो, हाम्रो सुखसुबिधा सबै उहाकै देन थियो। त्यो दिनदेखि केहि महिना म बुबादेखि परपर रहे र बिस्तारै फेरि पहिले जस्तै हुन थाले। त्यो दिनको कुरा मैले कसैलाइ भन्न सकिन, न त कहिल्यै बिर्सन सके। जब जब म जवान हुन थाले, मेरो बचपनको त्यो सम्झना धुमिल हुन थाल्यो तर कहिल्यै हराएन। जब अहिले म सानीसङ हुन्छु, म आफुलाइ बुबा सम्झिन्छु र सानीलाइ सीतादिदी। त्यसरी बुबासङ आफैलाइ दाँजेर म र बुबा फेरि समानान्तर रेखा कोर्न थाल्छु। बुबाले जे गर्नु भएको थ्यो, म पनि त्यहि गर्दैछु। समय पात्र र स्थान फरक, तर कथा उस्तै छ।
क्रमश: