Posted by: daum September 30, 2013
हेर्नुस्, दशै फेरी आयो।
Login in to Rate this Post:     0       ?        
हेर्नुस्, दशै फेरी आयो।
हिजो-अस्ती मात्रै हामीले बुद्ध नेपालमा जन्मेको कुरा गर्यौ। साफ फूटबल हुँदा झन बुद्ध को जन्मथलोलाई लिएर साझामा ठुलै रणाको मचियो।

अब हेर्नुस् दशै आयो।
त्यही बुद्धको जन्मथलोमा लाखौं खसी, बोका, राँगा, कुखुरा आदी इत्यादीहरुलाई मारेर दशै पर्व मनाईन्छ।

फेरी फर्की आयो यो दशै।
साझामा "एटलान्टामा खसी कहाँ काट्न पाईन्छ?" भन्ने थ्रेड सुरु हुन थालिसक्यो हेर्नुस्। अब बिस्तारै दशै को शुभकामना आदान-प्रदान शुरु हुन्छ। त्यस पछी "muncha.com को कतिको भर पर्दो?" देखी लिएर बिभिन्न थ्रेड को शुरुवात हुन्छ।

अनी म सोच्न वाध्य हुन्छु कि १ महिना अघी बुद्धको जन्मभुमी लाई लिएर स्वर ठुला पार्नेहरु के गर्दै होलान? छुट्टीमा? बुद्ध भाड मै जाये??
Read Full Discussion Thread for this article