Posted by: crazy_love September 30, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        

"कौसीमा बढार्दै छे सानी!" मैले एउटा झुठलाइ छोप्न अर्को झुठ बोले।

"हैन, आजकाल त्यो माथिमात्रै कति जान्छे? मेरो कोठामा फर्केरै आँउदिन " मुमाको स्वरमा कतै कतै शंका जस्तो लाग्यो मलाइ।

"हस्!" मैले यति मात्रै भने। सानी कोठाबाट निस्की, जाँदा उसको अनुहारमा तनाब देखियो।

"एक्लो लोग्ने मान्छे बसेको कोठामा धेरै जानु हुदैन, उसकी स्वास्नीले थाहा पाइ भनी घर झगडा हुन्छ। आइमाइ भएर धेरै बाइफाले हुनुहुन्न।" मैले मुमाको गनगन धेरै बेरसम्म ढोकैबाट सुने, यतिखेर मलाइ सानीको धेरै माया लाग्यो। गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।

क्रमश:

Read Full Discussion Thread for this article