भाग-४
समय दिन, रात र महिना हुदै बित्न थाल्यो। दिनमा सानी मसङ हुन्थी, रातमा म सुनिसङ हुन्थे।सुनिको ब्यस्तता बढी नै रह्यो, उसले केहि दिनको लागि बिदा लिएर घुम्न जाने योजना बिर्सी। सानीलाइ मैले जति माया गर्थे, सुनिलाइ पनि सट्टामा त्यो भन्दा धेरै माया गर्ने कोशिस मेरो जारी नै रह्यो। यसर्थ सुनि कहिले कहि मलाइ सोध्थी" आज किन यति धेरै नजीक तिमी?" म उसलाइ सधै म उसको नजिक छु भनेर प्रमाणित गर्न खोज्थे। जब उ घरबाट निस्कन्थी फेरि मलाइ सानीको आबश्यक्ता महसुस हुन्थ्यो। सानी मेरो लागि बानी हुन थाली, अथवा बहाना बन्न थाली। हाम्रो सम्बन्ध अति गोप्य र रोमान्चक बनी रह्यो। सानी जब बिहानको कामधन्दा सकेर फुर्सद पाउथी, खुशी हुदै माथि आउथी। एकदिन हामी कुनै किताबको बारेमा कुरा गर्दै थियौ। उसले मलाइ अनौठो प्रश्न सोध्न थाली।
"हजुर, दिदीलाइ कति माया गर्नु हुन्छ?" उसलाइ भन्दा कति बढी वा कम भनेर जान्न खोजेकी जस्तो लाग्यो मलाइ।
"जति एउटा लोग्नेले स्वास्नीलाइ गर्छ त्यति!"मैले निस्पक्ष जवाफ दिनु पर्थ्यो, त्यसैले त्यहि भने।
"त्यसो भए मसङ किन यति धेरै नजिक?"
"उ सङ पनि टाढा त छैन नि म! उ सङ त मेरो जीबन बगिरहेको छ। त्यसैले उ मेरो पूर्णता हो। उ बिना मेरो मात्रै कुनै अर्थ रहदैन।"
"म चाहि?"
"तिमी सबै भन्दा मिल्ने साथी जस्तो, सबै साथीहरु जिन्दगीभर सङै हुदैनन्। कोहि कोहि हुन्छन् तर हर समय साथ रहदैनन्।"
"सुनि दिदी त्यति राम्री हुनुहुन्छ, धेरै पढेलेखेको हुनु हुन्छ। तैपनि तपाइलाइ म जस्ती साधारण केटि किन मन पर्छ?"
"सुनि नियन्त्रन गर्छे, हरेक काममा, हरेक निर्णयमा। उसङ घमन्ड छ। शारीरिक र भाबनतात्मक रुपमा एकाकार हुने बेलामा पनि म माथि नियन्त्रण गर्छे, उ लोग्ने हुन्छ अनि म उसको स्वास्नी जस्तो समर्पित हुन बाध्य बनाउछे। ।"
"उहाको बोलीमा आत्मबिस्वास हुन्छ।"
"त्यो नराम्रो कुरा हैन। अहिलेको जमानामा एउटी साहसी र आत्मबिश्वाशले भरिपूर्ण नारी बन्न सक्नु एकदम राम्रो कुरा हो। तर म उसको लोग्ने हु, मेरो पुरुष अंहलाइ उसको नारी हठले जहिले दबाउछ। म कहिले सम्म उसको स्वास्नी हुनुको अत्याचार सहिरहु?"
"हाम्रो समाजमा नारीले आत्म समर्पण गर्नै पर्छ भनेर सिकाउछ है? कि हामी आफै त्यस्तो बन्छौ?"
"उ नारी शरीरमा पुरुष स्वभाव भएकी स्वास्नी मान्छे। उसको अंहले मलाइ सधै पराजित गर्छ। त्यो एउटा अबगुण बाहेक मलाइ उसको सबै कुरा मन पर्छ।"
"अनि मेरो?"
"तिमीसङ समर्पण छ। तिमी सजिलै हार्न सक्छौ, तिमी मलाइ जित्न दिन्छौ। हाम्रो सम्बन्धको सुन्दरता पनि यही हो।"
" सम्बन्धमा हारजित हुनै पर्छ?"
" सम्बन्धमा दुबै पक्ष जित्न सक्दैनन्, एउटा पक्षले त हार्नै पर्छ।"
"यो संसार अचम्मको छ, यहाको सम्बन्धहरु जटिल छन्। बाहिरबाट जे देखिन्छ, भित्र त्यो हुँदैन।"
"भैगो, छोड त्यस्ता कुराहरु! आउ हामी यो समयको सदुपयोग गरौ।" मैले उसलाइ आफ्नू न्यानो अङालोमा बेरेर चुम्न थाले उसको अधर, ओठ, घाँटि। उ गल्न थाली, उसको आखाहरु बन्द भए आनन्दले । हामी दुबैको शरीरमा रक्तसंचार बढ्नथाल्यो,उसको मुटुको बढ्दो ढुकढुकि मैले सुने। हामी दुबैको शरीर बाँधिन थाल्यो, उसको अङालोमा म पनि कसिन थाले। हाम्रो स्वाशप्रस्वासको गति बढ्न थाल्यो।
"सानी!" तलबाट अचानक मुमाको स्वर सुनियो।
हामी दुबै झस्कियौ, त्यसपछि तुरुन्तै एकापसको अङालोबाट अलग्गियौ। अब रोमान्चक पलको अबधि सकियो, भयले दुबै आत्तिसकेका थियौ। उ सम्हालिन थाली, म लुगा मिलाउन थाले।
"सानी!" मुमाले फेरि बोलाउनु भयो तलैबाट। यसपटक मैले आफुलाइ सामान्य बनाउने कोशिस गरे।
"कौसीमा बढार्दै छे सानी!" मैले एउटा झुठलाइ छोप्न अर्को झुठ बोले।
"हैन, आजकाल त्यो माथिमात्रै कति जान्छे? मेरो कोठामा त फर्केरै आँउदिन ।" मुमाको स्वरमा कतै कतै शंका जस्तो लाग्यो मलाइ।
"हस्!" मैले यति मात्रै भने। सानी कोठाबाट निस्की, जाँदा उसको अनुहारमा तनाब देखियो।
"एक्लो लोग्ने मान्छे बसेको कोठामा धेरै जानु हुदैन, उसकी स्वास्नीले थाहा पाइ भनी घर झगडा हुन्छ। आइमाइ भएर धेरै बाइफाले हुनुहुन्न।" मैले मुमाको गनगन धेरै बेरसम्म ढोकैबाट सुने, यतिखेर मलाइ सानीको धेरै माया लाग्यो। गल्ती हामी दुबैको थियो, तर गाली उसैले खाइरहेकी थिइ। उसकै चरित्रमा दाग लागेको थियो। म ढोकाको कापमा लुकेर बस्ने भलादमी मान्छे, आफ्नै छायादेखि तर्सिन थालेको थिए।
क्रमश: