Posted by: crazy_love September 24, 2013
समानान्तर!
Login in to Rate this Post:     3       ?         Liked by

टेलिविजनको  च्यानल चेन्ज गर्दा गर्दै उसले सुनाइ "तिमीलाइ टिवि हेर्न मन लागेको कि च्यानल चेन्ज गर्न, खालि रिमोट मात्रै चलाएर के गरिरहेको अघि देखि?"
सुनि आइसकेकी रैछ कोठामा मैले थाहै पाइन, उसको स्वर एक्कासी सुन्दा झसङ भए। "किन तिमी हेर्ने हो?" मैले उसलाइ नहेरी सोधे।
"मलाइ कहिले देखि तिमीले टिबिको अगाडि बसेर टाइम बिताउने मान्छे सम्झ्यौ? मलाइ टिबि, फिलिमहरुमा इन्टरेस्ट छैन भन्ने तिमिलाइ थाहा छैन र?" उसले ब्यँग गरेकी हो कि जस्तो मलाइ लाग्यो।
"किन टिबि हेर्दैमा टाइम वेस्ट हुन्छ र? समाचार हेर्नु नराम्रो कुरा हो र?" मैले अलिकति आफ्नो बचाउ गर्ने प्रयास गरे।
"समाचारको लागि पत्रिका छदै छ नि, हेडलाइन पढेपछि सबै कुरा बुझिन्छ, सबै पढ्नै पर्दैन।" उसले कति नै सबै समाचार पढेकि झै कुरा गर्न थाली।
"तिमीलाइ थाहा रैछ सबै कुरा!" उसको जिद्दि बानी, मैले पराजित हुनै पर्छ।
"सुन न, बुबाले तिमिले नया प्रोजेक्ट को बारेमा के निर्णय गर्यौ भनेर सोध्नु भएको थ्यो।" मलाइ त्यहि कुरासङ भाग्नु थियो, उसले त्यहि कुराले मेरो बाटो छेकि, नत्रभए म कौसीतिर निस्किनै लागेको थिए।
"तिमीलाइ थाहा छ मेरो निर्णय, मलाइ आफ्नै कामले फुर्सद छैन। त्यो प्रोजेक्टमा हात हालेर मलाइ टेन्सन लिन मन छैन। घरमा पनि त ट्याम दिनु पर्‍यो। सुबि र रुबि अब धेरै साना छैनन्। तिम्रो सधै ब्यस्तता, मैले अलिकति समय बचाएर उनिहरुलाइ दिनु पर्छ।" मैले बल्ल बल्ल भन्न सके धेरै दिनसम्म भन्न नसकेको कुरा।
"घरमा अरु कोहि छैनन् र? मुमा हुनुहुन्छ, हरि दाइ छ, जमुनी आँउछे सधै। म नै घर बसेर सुबि र रुबिको गोठाला बन्नै पर्छ भन्ने के छ? त्यहिपनि उनिहरु आफै बुझ्ने भैसके उनिहरुलाइ धेरै हेरबिचार गर्नु पर्ने जस्तो मलाइ लाग्दैन।" सुनिको आवाज ठुलो हुन थाल्यो।
"मेरो धेरै महत्वकाँक्षा छैन सुनि। जे जस्तो छ, मलाइ पुगेको छ।" म छिटो भन्दा छिटो यो कुरा सकोस् भन्ने चाहन्थे।
"बरु साहस छैन भन न!" फेरि पनि ब्यँग गरी उसले।
"हो, मेरो साहस छैन। तिम्रो साहसले पुगेको छैन र हामी सबैलाइ?" मेरो अँहले पनि टाउको उठायो यसपटक।
"ठिकै छ नि त। तिमी त्यो प्रोजेक्टमा काम गर्दैनौ भने, म गर्छु।" सुनिको भनाइमा गम्भिरता थियो।
"अनि यो घर र परिवार?" उसको बुटिकमा  पहिले नै ब्यस्त हुदाँ हुदै पनि फेरि अर्को प्रोजेक्टमा काम गर्ने बिचार गर्छे। घर खाली मुमा, बच्चाहरु र काम गर्ने हरुको भरमा चल्ने भयो। हुन त त्यहि भैरहेको थियो पहिला पनि। अब झन के हुने?
"किन तिमी मलाइ घरमा बसेर काम गर्ने, तिम्रो सेवा मात्र गर्ने दासी भएको मन पराउछौ?" उसलाइ केहि भन्नु भन्दा नभन्नु नै बेस। कति निहुँ खोज्न सक्छे यो आइमाइ, मनमा यति धेरै जवाफ आएपनि म चुप लागेर कौसीतिर गए। आफ्नै गल्ती, कसलाइ दोष दिने? त्यो बेलामा सबैभन्दा स्मार्ट र राम्री उहि थिइ कलेजमा। उसैको ब्यक्तित्व देखेर मन पराए, छ महिनाको प्रेममा एक अर्काबिना बांच्नै नसकिने सम्म भए। परिवारहरुको सहमतिमा बिहे गरे, त्यसपछि अर्कै सुनि देखे, बिहेअघिको र बिहेपछिको सुनिमा आकाश जमीनको फरक थियो।
"तिमी किन पहिले जस्तो छैनौ?" सुनि पछि पछि आएकी रैछे, मेरै अगाडि आएर उभिइ।
"म जस्ताको त्यस्तै छु, बरु तिमी बदलिएको देखिरहेको छु।" भन्न नहुने कुरा भनिसकेपछि मलाइ पश्चाताप भयो।
"मेरो स्वभाब नै यस्तो हो। अझैसम्म पनि तिमीले मलाइ बुझ्न सकेको छैनौ।" उ फेरि पनि मेरै गल्ती छ भनेर प्रमाणित गर्न खोज्दैथी।
"सरी, मेरो दिमागले सबै कुरा बुझ्न सक्दैन। सरल कुरा त बुझ्न समय लाग्छ, झन जटिल त-------?" मैले बाक्य पुरा गर्न सकिन उसैले थपी, "झन गार्हो लाग्छ, भन न।" उ फेरि झनक्क रिसाएर भित्र गइ।
म अब अरु बादबिबाद नगर्ने उद्देश्यले कौसीमा टहलिन थाले। जो बिना जिन्दगी अधुरो हुन्छ भन्ठानेको थिए, अहिले उ नभएको भए कति सुन्दर हुन्थ्यो मेरो जीवन भन्ने जस्तो लाग्छ। तल बंगैचामा एउटा आक्रिति हिडिरहेको झै देखे। यतिखेर राति को हुन सक्छ? हरि दाइ बिहानै छिटै उठेर मुमालाइ मन्दिर लानु पर्ने भएकोले आठ बजे सुत्न जानु हुन्छ, जमुनी बेलुकी को खान पकाएर सातै बजे फर्किन्छे। मुमा यति राति बाहिर निस्किने कुरै भएन। सुनि भर्खरि रिसाएर भित्र कोठामा गएकी थी, कतै उहि त हैन? मलाइ रिस उठाउन सायद एक्छिन तल गएकी हुदि हो, म पनि नदेखे झै गर्छु। मैले अध्याँरोमा त्यो आक्रिति बिस्तारै बिस्तारै घरभित्रै मुलढोकातिर जान लागेको देखे। सुनि त कहिले यसरी राति माइत जान्न त। ढोकैनिर त्यो आक्रिति पुग्न लागेपछि मैले बोलाए, "सुनि!"
मैले बोलाउनासाथ "किन?" भन्दै सुनि कोठाबाट कौसीतिर आइ। सुनि यहि छे, त्यो को त? मैले सुनिलाइ सोधे।
"सानी!" सुनिले बोलाएपछि तलबाट मधुरो स्वर सुनियो "हजुर!"
"कहा जान लागेकी यति राति? माथि आउ त।" सुनिले बोलाएपछि माथि घरतिरै फर्कियो त्यो आक्रिति। सुनि कोठातिर लागी, म उसको पछि पछि लागे।
"को सानी?" सोध्नै नहुने हो कि भन्दै सोधे।
"यो घर हेर्ने, तिमीले भने जस्तै सबै हेरबिचार गर्ने, म नभएको बेलामा सबै जिम्मेबारी बहन गर्ने सहयोगी। आजै मात्र आएकी!कता हो पहाड घर रे, लोग्ने इन्डिया कामको लागि गएको, फर्केन रे। असाध्यै सोझी छे।" सुनिले सानीको बायोग्राफी बताउन लागेकी थिइ। ढोकामा एउटा आकाशे कुर्ता सुरुवाल लगाएकी युबती देखिइ। कलकलाउदो अनुहार र त्यसमा एकजोडि उदास आँखा।
"सानी, उ मेरो लोग्ने!" सुनिले यसरी भनी म उसको स्वामित्वमा रहेको कुनै बस्तु वा मात्र उसको अधिकार।
"नमस्ते!" सानीले अभिबादन टक्राइ।
"कहा जान आँटेकी यति राति?" मैले सोधे।
"हजुर, बाहिर जान लागेको हैन, बाटो कस्तो रैछ भनेर हेर्न लागेको!" सानीले मलाइ नहेरी भित्तामा रहेको सुनि र मेरो बिहेको फोटो हेर्दै भनी।
"राति किन हेर्नु पर्‍यो बाटो? भोली बिहान दिउसो जतिखेर भएपनि हेरे भै हाल्यो नि लाटी। नयाँ ठाउ भएर निद्रा लागेन?" सुनिले सोधी।
"हजुर! हैन मलाइ राति छिट्टै निद्रा लाग्दैन।" सानीको जवाफ सरल थियो।
"चिया कस्तो बनाउछौ?" सुनिको अन्तर्बार्ता शुरु भैहाल्यो।
"पहिले काम गरेको ठाउमा सबै पकाउथे। मालिकहरुले मिठो छ भन्नु हुन्थ्यो।" सानीको यो पहिलो काम रहेनछ भन्ने बुझे।
"त्यसोभए एक कप मिठो सुकुमेल, दाल्चिनि, ल्वाङ हालेको चिया बनाउ न त!" सुनिको स्वार्थी मुस्कान झुल्कियो।
"दुध र चिनि नि?" सानी परिक्षाको लागि तयार भइ।
"चिनि पर्दैन, दुध चाहि ठिक्क नि, धेरै मन पर्दैन।" सुनिलाइ चिया जतिखेर नि मन पर्छ, क्याफिनले नै उसलाइ सधै हाइपर बनाउछ।
ढोकै सम्म पुगेपछि सानी फर्केर मलाइ सोधी, "हजुरलाइ नि?" मलाइ चिया खाने मन थिएन, तर उसको पाककलाको नम्बर पुर्णांक दिनु थ्यो जस्तो भए पनि। सुनिलाइ रिझाउन सजिलो थिएन, त्यो सबै सोचेर मैले पनि एक कप चिया मगाए।
"आजकाल मान्छे पाउन कस्तो गार्हो छ बुझ्यौ?" सुनिले हातमा मोइस्चराइजर लगाउदै भनी।
"ए, कसले ल्याइदिएको त?" मैले फेरि रिमोट खेलाउन थाले।
"जमुनीको गाँउको साथीले चिनेकी रैछे। पहिला पनि असाध्यै रार्मो काम गर्ने भनेर यसलाइ मालिकहरुले आफुसङै बिदेश लान खोजेका थिए रे। यो जान मानिन छ, त्यहि भएर बेलैमा जमुनीले यहा ल्याइ दिइ।" सुनि सन्तुष्ट देखिन्थी।
"तिमीलाइ कस्तो लाग्यो? भरपर्दो लाग्दैन त?" सुनिलाइ जवाफ दिनै पर्ने भयो मैले।
"हेर्दा भर पर्दै देखिन्छे। तर कसले कसलाइ चिन्न सक्छ र?" मलाइ अरुको भरमा घर छोडेर खालि काम काम मात्रै भन्ने उसको बानी मन परेको थिएन।
"हेर्दै जाउ, सकारात्मक सोच राख्नु पर्छ राम्रै हुन्छ!" सुनिको सकारात्मक दर्शन सुन्दा सुन्दै मेरो कान टट्टाइसकेको थियो।
दुइ कप चिया ट्रेमा लिएर सानी भित्र पसी, सुनिलाइ एक कप साइड टेबलमा राखीदि, मैले हातैमा लिन खोजे, उसको औला र मेरो औला बिच एउटा नरम, शीतल अनि मिठो स्पर्श भयो। उ लजाइ, उसको अधरमा सुन्दर गुलाफ फक्रियो। हत्त न पत्त चिया मेरो हातमा दिएर गै। मलाइ कस्तो कस्तो लाग्यो, सुनि कोठामै छे वा छैन मैले याद गरिन।
"चिया मिठो छ है?" मेरो सुखद क्षणलाइ ध्वस्त पार्दै सुनिले सोधी।
"हँ?" त्यसपछि बल्ल हातमा भएको चिया पिउन थाले, " एकदम मिठो छ। तिमीलाइ मिठो लागेपछि मलाइ नलाग्ने त कुरै भएन नि।"
"हेर न! यत्रो केयर गर्दा पनि मेरो हात कस्तो कडा छ, सानीको हातखुट्टा कस्तो राम्रो नरम, सफा र चम्किलो। उ सधै भान्छाको काम गर्ने मान्छे उसको छाला कति राम्रो। मेरो चाहि जति राम्रो मोइस्चराइजर लगाए पनि सुक्खा।" सुनि आफ्नो हात हेर्दै भन्दैथी।
उसले मेरो मन बुझ्न खोजेकी हो या त्यतिकै भनेकी हो मलाइ उसको प्रश्नको जवाफ दिन गार्हो भयो। मैले नसुने झै गरे, एकछिनसम्म उसले किताबको पानाहरु पल्टाएको आवाज सुने, त्यसपछि त्यो बन्द भयो। सुनि "बत्ति निभाउ" भन्दै निदाइ। अध्यारोमा पनि मलाइ निद्रा लागेन। एक मनले अर्को मनसित सवाल जवाफ गरिरह्यो। मैले दुबै मनको कुरा सुने, दुबैको कुरा चित्त बुझेन। अब मलाइ फेरि नया मनको आबश्यक्ता भयो। नया मन पनि आफ्नै बचाउ गर्दै सामु भयो मेरो सामु। यो मन शक्तिशाली छ, सानोतिनो कुराले असर पुर्‍याउदैन। हैन, यो मन पनि उतिकै कोमल छ, कतै चोटले यसलाइ पनि रुवाउन सक्छ। मसंग त्यस्तो किन मन छैन, जसलाइ केहिले छुदैन र कतै दुख्दैन?

क्रमश:
 

Read Full Discussion Thread for this article