Posted by: ThahaChaena September 23, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        
 सोम दाइ , के भनूँ खै .....जति पढ्यो सप्पैले माथि भन्या जस्तै तेती धेरै लेखे नि हुने नि जस्तो लाग्ने .....

<< बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो ।>>   --- अनन्त कारण होलान नेपाल नजान तर खै किन किन नजानिँदो एउटा मोहनी छ , एउटा शक्ति छ नेपालमा .....पाइला टेकेपछि नै आमाको काखमै पुगेजस्तो भान हुने एउटा न्यानो अनुभूति , जीवन र हामीले रचेको नभई नहुने हाम्रा कुरा ,हाम्रा मान्छे , हाम्रा चिजबिज ले दिने सुख भन्दा एउटा छुट्टै उपमा नभएको सुख ......  

<<‘भुसको आगोसँग सधैं ध्यान दिनु कान्छी । यो भित्र भित्र बल्दछ, ज्वाला दिन गाह्रो मान्दछ । तर भर रात बलिरहन्छ ।’>>   --- हो नि है सोमदाइ ..... जीवन र तेस्को निचोड नै येही वाक्य मा छ साएद.... जीवन पनि त भित्र भित्र तप्दै भुङ्ग्रो भएर जलिरहन्छ अनि तेही भित्रि तापले/ज्वालाले  बाँकी जीवन न्यानो बन्छ साएद ....
 
धेरै पछि पढ्न पाएँ ....अब अर्को भागको प्रतीक्षारत छु 
 
- थाहा छैन 
 
Read Full Discussion Thread for this article