Posted by: somewhereondearth September 20, 2013
अनुमति बिना
Login in to Rate this Post:     2       ?         Liked by
भाग १ बाट अगाडि ।  


नौलो केहि देखिन, पट्टयारलाग्दो नै रह्यो जहाजको यात्रा । घरि टिभि हेर्दै, घरि उँङ्दै, घरि गलेका अनुहार टटोल्दै यात्राको पहिलो फड्को मारें । दोहामा उत्रियो जहाज । यति यात्री हुँदा पनि एउटा जहाज, सिधै न्युयोर्क-काठमाण्डौं जादैंन । देश त अबिकसित, लगानिकर्ता पनि अबिकसित । सरकार त पुङ्गो, निजि क्षेत्रले मिलेर जहाज चलाउनु नि! दोहाको बिश्राममा मेरो पहिलो गुनासो निस्कियो । जहाजबाट निस्केर वातानुकुलित सुरुङ्ग होइन, कोचाकोच गाडि भेटियो । ट्रान्जिटका यात्रुलाई आवगनमा सुरक्षा जाँच । विमानस्थलमा नेपाली, भारतिय, बङ्गलादेशी, पाकिस्तानी आदि कामदारको हालिमुहाली । कोलाहल बढेको । जति नै पुछेपनि पानी-पानी भुँई भएका शौचालय। बिकसित भएको दोहा मै मलाई निकै कुरा बिझाए । तर म गति शुन्य समय छोडेर हिडेकि थिए । यी मसिना अवलोकनले मलाई त्यस्तो छोपेन । छ घण्टाको बिश्राम, म एउटा शान्त कुनो च्यापेर बसे ।  

 

हिड्ने बेला नजिकिदै जाँदा, मान्छे बढ्न थाले । नजिक नजिक अरु यात्रीहरु आउन थाले । नेपाली भाषा सुनिदै गयो। कोलाहल छोडेर सरौ-नसरौं मै अल्झिए । भो सर्दिन भन्ने तर्क ले जित्यो । प्राय: नेपालीहरु चिनजानका मान्छे सरी बोलिरहेका थिए । यात्राको विवरण देखि ब्यक्तिगत सम्म ।  मलाई बोलचालमा उनिहरुले मलाई पनि कोट्याउन खोजे । मलाई यो नेपाली बानि उस्तो खाएन । बिनाकारण अपरिचित यात्रुसँग भए नभएका बात साटि रहने । साधारण बोलचाल भन्दा उच्च स्वरमा बातचित । के म यस्तै थिए त? मलाई यो पटक बिझायो । तर म  मेरो एकान्त ओढेर बसिरहे ।

 

छेवैमा एकजना पुरुष आएर बसे । संगितमा खासै नभिजे पनि मैले इयरफोन (earphone), झिकेकि थिइन ।  

 

‘बहिनि पनि काठमाण्डौं जाने त होला ।’ उनले सोधिहाले, मैले एकापट्टीको मात्र झिकें ।

 

‘हजुर ।’ यो बातचितलाई मैले त्यहि टुङ्गाउन खोजे ।

 

‘यहि बाट कि साउदि बाटै हो तपाई पनि?’ उनले छोडेनन् ।

 

‘होइन, म अमेरिका बाट’ । मलाई त्यहि झर्को रोकेर उत्तर दिंए । मेरा अनेक तनाव छन्, मोड हरु छन्, कारणहरु छन् । यो यात्रा मेरो नितान्त ब्यक्तिगत हो । म मेरो भिंड, ब्यस्तता छोडेर आफैसँग समय बिताउन नेपाल हिडेकि । नेपाली होस या अरु अपरिचित ब्यक्ति सँग कुरा गर्न मलाई रत्ती भर जाँगर छैन ।

 

‘आज जहाजले ढिलो त गर्दैन होला है ! अघिल्लो महिना मेरो साथी जाँदा त ३ घण्टा ढिलो गरेको अरे । फेरि काठमाण्डौंको धावनमार्ग बिग्रेर १ दिन पछी मात्र पुगेछ ।’ एकछिन बोकेका थिएनन्, तर फेरि शुरु गरे । म सँग उपाए थिएन । गित बन्द गरे ।

 

‘अहिले सम्म त त्यस्तो केहि जानकारी लेखेको छैन् ।’

 

मैले बोर्डतिर हेर्दै भने ।

 

 ‘हेर्नु न मैले त ब्ल्याक लेवल लिए, दुई वटा लान दिन्छ होला नि है ।

 

‘खोइ’ म बातचितबाट परै हुन खोज्दै थिए । उनले किनेको कर नलाग्ने रक्सी उनको समस्या हो। किन्न अगाडि सोच्न पर्ने हो । किनिसकेपछी म सँग सोध्नको कुनै औचित्य छ र? फेरि समस्या पर्ने भए, एउटा तपाईले बोकि दिनु न बन्ने सदाबहार नेपाली बहाना हो त यो बातचित?’ मलाई यो पात्र सँग पन्छिन मन भयो ।

 

‘साउदि बाट ४ घण्टा अगाडि आएको जहाज । सबै जना त यहि छन्,  छिटो लादैन होला है ।‘

 

‘किन र तपाईलाई हतार छ?’ नजानिदो गरि म बातचितमा सामेल हुँदै थिए ।

 

 ‘हजुर मेरो त घर जानै पर्ने भएको छ । जहान को खुट्टो बिग्रियो । काट्न परेछ ।’

 

मेरो मनमा सिरिङ्ग भयो ।

 

‘किन र त्यस्तो कसरी भयो ।’

 

‘मोटो ज्यान छ, तपाईको जस्तै । दुई चोटी त्यहि भाँचेकि थिइ पहिले पनि । यसपाला पनि भाँचिछ । मनिपाल लगेर पलास्टर लगाएको रे । भित्र इन्फेक्सन भएछ । अनि पलास्टर खोलेछन् तर ढिलो भएछ । काठमाण्डौं लैजा भन्यो रे । काठमाण्डौंको ले, ढिलो भयो, नकाटी हुँदैन भनेर काटेछ ।’

 

उनले सारा पीर भनिदिए । म तयार नै थिईन । म त मेरो मोटोपनको टिप्पणी कसरी फर्काउँ भन्दै थिंए ।  कत्रो भवितब्य ।

 

‘अनि त्यो मनिपाल को डाक्टरलाई उजुरी गर्नु भएन? त्यो त सरासर उसको गल्ती हो नि ।’ मैले मेरो अमेरिकी जानकारीमा अधिकारको कुरो बुझाउँदै थिए ।

 

‘खै बहिनि, शुरुमै कागज गराउँछन्। केहि गर्न मिल्दैन । भतिजोले त डाक्टर कुट्न खोज्दै थियो रे, डाक्टरहरुको आन्दोलन हुन्छ भनेर रोकेछन् । म यता थिए । नेपाल मा के गर्न मिल्छ र ।’

 

‘अनि अब के गर्ने त?’ मेरो उत्सुकता पोखे ।

 

‘खर्च धेर भयो, गएर रिन तिर्न पर्यो । यता को १६ बर्ष देखिको काम थियो । साहु पनि गतिलो थियो । सब छोडेर हिडेको । अब जहान काम नलाग्ने भइ, उसलाई स्याहार्नु पर्यो । अहिले सम्म घर उसले गरेकि थिइ, अब मैले गर्न पर्छ ।’

 

‘घरमा को को छ त?’

 

‘छोरी बिहे गरेर दिएको छ । छोरो आबुधाबि मा छ, बुहारी माइत’ एउटा अर्को नेपाली परिवारको यथास्थितिको उदाहरण रहेछ उनको पनि ।

 

‘अनि यत्रो पीरमा किन यो रक्सीमा खर्च गरेको’ । यो बेला मलाई उनको ब्यत्तिगत रोजाईमा प्रश्न नगरि रहन सकिन ।

 

‘जेठानहरुलाई, यतिका बर्षसम्म घर हेरिदिए । जस्तो भए पनि यसो सगुन त लान पर्यो । फेरि अब कहिले आइन्न होला । सस्तो हुन्छ भनेर किनेको ।’ उनले सोझो उत्तर दिए ।

 

मलाई पनि झसंङ्ग भयो । जहाजको समय नजिकिसकेको थियो ।

‘एकछिन ल दाई ।’  म फूपाजुलाई भनेर डबल ब्ल्याक किन्न हिडें ।

क्रमश: 

meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article