Posted by: cybernepali September 12, 2013
नेपाल बन्द कहिले सम्म?
Login in to Rate this Post:     0       ?        

http://ujyaaloonline.com/news/25072/
नेपाल बन्द र खुलाको दोहोरी (फोटो फिचर)

  • Posted: Thursday, Sep 12, 2013 15:03 PM ( 5 hours ago )

बोमलाल गिरी/उज्यालो

काठमाडौ, भदौ २७ – बन्द सधैंका लागि बन्द गर्नुपर्छ भनेर आवाज उठ्न थालेको धेरै भयो ।

तर अब कहिल्यै बन्द गर्दैनौं भनेर प्रतिबद्धता जनाउने पार्टी र समूहले बन्दलाई चटक्क त्याग्न सकेका छैनन् । बिरोधको सबभन्दा सजिलो शैली भएकाले बन्द गर्ने प्रवृत्ति अझै कायम छ ।

बिहीबार नेकपा–माओवादी नेतृत्वको मोर्चाले पनि यही शैली दोहोर्‍यायो । तर बन्दबाट आजित नागरिक चुप लागेर बसेनन् । बन्द गर्नुहुन्न भन्दै सडकमै ओर्लिए ।

बन्दकर्ता विहान सबेरैदेखि सडकमा झण्डा बोकेर ओर्लिएको बेला काठमाडौंको माइतीघरमण्डलामा पनि युवाहरु पर्चा, पम्पलेट बोकेर जम्मा भए । उनीहरु सबैको एउटै स्वर थियो ‘बन्द सधैका लागि बन्द गरौं ।’  


तर बन्दको बिरोधमा यसरी सडकमा ओर्लनु सामान्य कुरा थिएन । बन्द गरेर बिरोध गर्ने शैली त्याग्नुपर्छ भन्ने आमभावना भएपनि सडकमै पुगेर प्रदर्शनमा सहभागी हुन धेरैले आँट गरेनन् ।

त्यसैले माइतीघर मण्डलामा जम्मा भएका युवाहरु त्यहीँ प्रदर्शन गरेर फर्कने मनस्थितिमा थिए । तर नेपाल सधैं खुला हुनुपर्छ भन्नेहरुको संख्या २४ पुगेपछि उनीहरुको मनोबल बढ्यो । अनि थापाथली, सुन्धारा भएर रत्नपार्क शान्तिबाटिकासम्म जाने योजना बनाए ।
तर बन्दकर्ता पनि के कम । बन्द विरोधीहरु आउँदैछन भन्ने थाहा पाएपछि रत्नपार्कमा थोरै संख्यामा रहेका बन्दकर्ताहरु एकैछिनमा  जुटे र बन्द विरोधीको प्रतिकार गर्न रत्नपार्कबाट सुन्धारातिर लागे ।
सुन्धारा पुग्ने बित्तिकै दुबै पक्षको जम्काभेट भयो । बीचमा ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीले हाते साङ्लो बनाएर उनीहरुको भेट हुन दिएनन् । अनि दुबै पक्षले अलि परै उभिएर बन्द र खुलाको जुहारी खेल्न थाले ।
एक पक्ष ‘नेपाल बन्द कहिलेसम्म ? नागरिक चुप जहिलेसम्म ?’ भन्थे । त्यसको तत्कालै बन्दकर्ता जवाफ जिन्थे –‘नेपाल बन्द कहिलेसम्म, डलरवादी रहेसम्म ।’ फेरि बन्द विरोधी कराउँथे –‘नेपाल बन्द कहिलेसम्म ? पुलिस चुप रहेसम्म ।’ 

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

नेपाल बन्द र खुलाको दोहोरी  (फोटो फिचर)

- See more at: http://ujyaaloonline.com/news/25072/#sthash.pv1EltTm.dpuf
Read Full Discussion Thread for this article