Posted by: instagram September 11, 2013
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     0       ?        
 Bittertruth मित्र तपाई ले ब्यग्तिगत इक्ष्या को कुरा उठाउनु भो , मैले येहा मेरो तपाई को मात्र कुरा गरेको छैन . ब्यग्तिगत रुप मा त तपाई सिता परियार जस्तो बनेर बस्छु भने पनि तपाई को इक्ष्या हो कसैले की भन्न सक्दैन . 
मैले उठाउन खोजेको कुरा मात्र येति हो कि अरु देस का मान्छे हरु कालान्तर सम्म येहा बस्दा आफ्नो संस्कृति , भेस भुषा छोडेका छैनन् , हामि मात्र किन भन्ने मात्र हो . तपाई बंगाली हरु लाइ कट्टर बादी भन्नु हुन्छ , त्यो त एउटा उदहारण मात्र हो . तेस्तो धेरै संस्कृति छन् येहा.  त्यो माथि आफ्ना बच्चा हरु लाइ आफ्नो भाषा सकाउनु लाइ म कट्टर बाद को संज्ञा दिन्न . 
riddle ब्रो  , तपाई ले भन्न खोज्नु भएको अर्थ बुजिन मैले  
mangale ब्रो , मैले हामी २४ ७ दौरा सुरवाल लौन पर्छ भनेर कुरा उठाको छैन , त्यो सम्भब नि छैन . तर येति सारो आफ्नो देस भेस भुषा लाइ गालि गर्दै बस्न पनि भएन . गाडी को अगाडी पछाडी स्टिकर टासेर आफ्नो संस्कृति जोगिदैन  , त्यो तपाई ले आफ्नो हुने वाला वा भै सकेको बच्चा लाइ के सेकौनु हुन्छ तेस्मा जोगिन्छ . तपाई कै सब्द मा भन्न पर्दा यो रोम मा सब लाइ आफै ताल ले बस्न हुने हामी लाइ चै रोमन किन हुन पर्ने भन्ने मात्र मेरो विचार हो . संस्कृति भनेको तपाई ले तपाई को घर मा जोगाएर बचाउने कुरा हो , कुनै पार्टी मा लुगा लगाएर वा गाडी को स्टिकर टासेर जोगिदैन मित्र .. 
Read Full Discussion Thread for this article