Posted by: bittertruth September 11, 2013
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     2       ?         Liked by
भाषा र संस्कृति भनेको कसै माथि लाद्ने कुरो नि होइन |
देश अनुसारको भेष भनेको मैले सुनेको छु , तर दौरा सुरुवाल लगाएर हरेक दिन हिड्नलाई अलिक बेवारिक देख्दिन म बिशेष गरि अमेरिकामा | तेस्को मतलब यो होइन कि मैले मेरो संस्कृति बिर्से , बस देश अनुसारको भेस मात्र गर्न खोजेको | अर्को कुरा अंग्रेजी भनेको मान्यता प्राप्त अन्तरास्ट्रिय भाषा , यो अमेरिकाको मात्र होइन | संसारको कुनै पनि ठाउमा अंग्रेजी भाषा मात्रले पनि धेरै काम फत्ते हुन्छ | तेसैले यो भाषालाइ हेला होइन , धन्यबाद दिम | येदि तपाई रसिया मा पुग्नु भो भने र तेही बसोबास गर्नु भो भने, तेह कालान्तारमा तपाई रुस्सियन बोल्ने नागरिक भएर निस्कनु हुनेछ | जुन ठाउँमा बस्नु हुन्छ , त्यो ठाउको बोलि त बोल्ने पर्यो सकी नसकी होस् वा जसरि होस्, नबोली त सुक्खै छैन | तर मलाई पनि अनौठो लाग्ने चाही , यी कथित केहि नौटंकीहरु आफ्नै नेपालीहरुको घुइचोमा अंग्रेजी बोल्ने,  नेपाली बोले पुग्ने ठाउमा , त्यो चाही मलाई पनि एक दमै उदेक लाग्छ |

कुरो रह्यो धर्म को , धर्म भनेको बेक्तिगत चाहनाको कुरो, अहिले आएर भंनै पर्दा | आदर्शवान जीवन जिउन सिकौछ कुनै पनि धर्मले | तेही सिके मैले  बाल्यकालमा | तर जब तेही धर्मले अरु धर्मको खेदो गर्छ , के काम त्यो धर्मको | मित्र, मैले आध्यात्मिक विचारधारा बोकेको धेरै भा छैन , तर जब मैले सोचे , धेरै सोचे , अहिले सारा संसारमा युद्धको एउटा जड 'धर्म' पनि हो | कसैले म कुनै धर्म मान्दिन भने, तेस्लाई नराम्रो हिसाबले नहेरुम | कसैले अरु कुनै धर्म अंगाले, तेस्लाई पनि नराम्रो रुपम नहेरुम | हरेक जीवको  उसको जीवनको धेय भनेको खुसि हुनु हो | अरुलाई दुख दिएर खुसि हुनु भनेको पनि होइन | कुनै पनि हिसाबले खुसि लिनुस , मात्र तेस सुखप्राप्तीमा अरु कसैको खति नभाको होस् | कसैलाई धर्म छाड्दैमा खुसि हुन्छ भने , हाम्लाई के को टाउको दुखाई | अब धर्म छाडे भन्दै मा त्यो मान्छेलाइ अरु धर्मको बेइजत गर्दै हिड्ने हक भने हुदैन र गर्छ भने तेस्ताको बाटो अघि नपरेकै बेश |

हे भगवान , OMG माने एउतै हो | धेरै टाउको नदुखाम मित्र | जति हामि एस्त कुरा गर्चम , उति संकुचित देखिन्छ , बंगालीले के गर्छन , अथवा जुविस ले के गर्छन  , त्यो संग हाम्रो के लिनु दिनु ,  उनीहरु कट्टरबादी सोचबाट ग्रसित छन् | तेस्तै एउटा 'अमिश (AMISH) ' समुदाय छन् येही अमेरिकामा , विश्वास गर्नुस उनीहरु आधुनिक बिकाशक्रम लाइ अंगाल्न कुनै पनि हालतमा तयार छैनन  , अब के तपाई हामि तेस्ताको पछि लागी हिड्नु ? होला उनीहरुको आफ्नै केहि विश्वास , तर त्यो संग हाम्लाई के मतलब | जसरि हुन्छ खुसि हुनुस, अरुले के गरे , के गरेन भनेर समय बर्बाद गर्नु भो भने बर्बादी र बुढेसकालले  चाडैनै ढोकामा धक्कौनेय छन् |
Read Full Discussion Thread for this article