Posted by: ThahaChaena September 11, 2013
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     0       ?        
 सहि कुरो उठाउनु  भो फेसबुक-जी ले ...... मेरा सम्पूर्ण दक्षिण भारतीय साथिहरुका लालाबालाहरुले फरररर उनीहरुको भाषामा कुरो गर्छन तर जब नेपालीहरुको कुनै कार्यक्रममा जान्छु त्यहाँ बच्चाहरु अंग्रेजीमा बोल्छन , फिटिक्क नेपाली आउँदैन साएद यसको कारण घरमा आमा-बुबाले घरमा उनिहरुसंग नेपालीमा नबोल्नु नै हो ....घर मा अंग्रेजी ...बिद्यालयमा अंग्रेजी.... साथी संग खेल्दा अंग्रेजी.... हरेक ठाउमा बिचारहरुले अंगेजी मात्र सुनेको र बोलेको हुन्छ अनि कहाँ बाट बुझोस् र बोलोस् त्यो बच्चो ले मातृभाषा ... तेसैले अलिअलि कोशिश गर्दैछ्म आजकाल २-४ जना मिलेर नेपाली अक्षर पढाउने येहीं .... तर बिचार ति सानानानीहरु लाइ गारो भाको छ .... घर मा सक्दो नेपालीमा बोल्दिनुस भनेर भनेका छौँ माता-पितालाइ तर खै बोल्दिनहुन्न वाँहाहरु .....अनि बच्चाले बोलेन बोलेन भनेर मात्र हुन्छ र ......आखिर बच्चाले सिक्ने भनेको आमा-बाबुलाइ हेरेर नै हैन र  .... यो भो भाषाको कुरो ....

अब संस्कृति र खाना को कुरो , बच्चाहरुलाइ यो नेपाली परिकार हो , यो यस्तो बेला खाइन्छ , यसको महत्व यो हो भनेर राम्रो संग कुनै बुवा-मुमाले साएद चाहनु हुन्न , कहीं झ्याउ लाग्छ त कोइ संग समय छैन .. अनि कसरि सिकोस हाम्रो संस्कृति ..... घर मा स्यन्द्विच बिद्यालयमा तेस्तै अम्रिकन खान अनि बाहिर घुम्न गयो तेसतई खाना अनि कहाँ बाट मन परोस नेपाली स्वाद ....अलिकाती जिरा-धनिया हाल्दा नि "ओह! स्पैसी" भन्न थाल्चन .... घरको खाना नेपाली होस त अनि संधै खान लागौनुस त के को स्पैसी नि ..... फेरी पनि यस्तो बानी आमा-बाबु ले नै सिकाउने हो ... येहाँ हुर्केको बच्चो नेपाल जाओस त मज्जाले सप्पै खाएको हुन्छ किन कि उसलाई तेही बातावरण मा ढल्किन पर्ने हुन्छ . साएद घर र परिवारको वातावरण र व्यवहार अनि सिख ले नै बच्चाहरु को कलिलो मनस्थिति कुंदीरहेको हुन्छ ....
 
अब जस्तो देश तेस्तो भेष त भैनै हाल्छ अलिअलि तर मूल जरो परिवर्तन हुन्दैन जस्तो लाग्छ , आमा-बाबुले चाहने हो भने दुवै संस्कृतिमा तालमेल गर्दै एउटा बच्ची-बच्चो हुर्किन सक्छ . आफ्नो संस्कृतिलाइ मेरो संस्कृति भनेर र यो देशको संस्कृतिलाइ पनि आत्मासाथ् गर्दै अगि बढ्न सक्छ ...

"Wanna Be" भाका हैनन होला "देश अनुसारको भेष , कपाल अनुसारको केश" गर्न खोज्दा अलिकति बहकिएको मात्र होला साएद . आफ्नो जरो भुलेर कुनैपनि रुख कहाँ जना सक्छ र . बरु जना खोजेमा मरेर जान्छ त्यो रुख . जति सुकै हावा-हुरी , असिना-पानी , मौसम-ऋतु आए गए पानी रुख अढिग रहन्छ , त्यो बास उसको जराको कृपाले हो . नत्र त्यो रुख तेही हुरी-बतास-असिना-ऋतु परिवर्तनको शिकार हुन जान्छ. त्यस्तै जति सुकै नया संस्कृति - बातावरण - देश परिवर्तन भए पानी नेपाल हाम्रो र हाम्रो भबिष्यको पुस्ताको जरो हो . नेपालीपन नै हाम्रो हरेक कोशीकामा छ.. यदि यो बिर्सने हो भने त सकियो नेपाल सकियो उसको जीवन....सधा म  के हो भन्दैमा बित्छ ... म  को हो भन्दैमा बित्छ ..... आफ्नो जरो आफ्नो धरातल खोज्दैमा निसासिन्छ ...... हैन र ? 
 
- थाहा छैन 
Read Full Discussion Thread for this article