Posted by: Rahuldai September 11, 2013
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     0       ?        
 बडा मनको कुरा पोख्नु भए छ , फेसबुक जी ले . भाषिक ( हिज्जे ) शुद्धतामा अलि ध्यान दिनु भए पढ्न सजिलो हुन्थ्यो कि ???
 
यही प्रसंग मा ३-४ बर्ष अघि  डिसीमा नेपाल सम्बतको नयाँ बर्ष को समारोहमा एक जना साझा कै पुरानो आत्मीय मित्रको आग्रहमा अनुग्रहमा समारोहको "Talk Program" कार्यक्रममा नेवारी संसकृति बारे बोल्ने मौका पाएको थिएँ. म भन्दा पहिले बोल्ने वक्ताहरुले अंग्रेजी मै विद्वता छाडे . मेरो पालो आयो . मैले सबै भन्दा पहिले नेवारी मा दुइ शब्द बोलें र अनि नेपाली मा बोलें . 
 
" यहाँ उपस्थित ९९% सहभागीले बुझ्ने भाषा नेपाली हो , कार्यक्रम नेपाल सम्बतको , कार्यक्रम संचालन  किन अंग्रेजी मा ??" मेरो पहिलो प्रश्न थियो . नेपाली -नेवारी न बुझ्ने कोइ छन भने कसै न कसैले अनुबाद गरि दिने छन् . त्यै भएर म नेपाली मा बोल्छु ..." 
 
मैले भनें " केही समय अघि मैले यहाँ थुप्रै केटाकेटीहरु रमाइलो मान्दै खेल्दै गरेको देखें , भेटें . खुशी लाग्यो र पनि दुख लाग्यो . कसैले पनि न नेपाली मा खेले , न नेवारी  बोले . ओह माइ गड.. ओह माइ गड .... भनेको मात्र सुनें . के यही हो हाम्रो संस्कृति ?? आफ्नो बाल बच्चा लाई ओह माइ गड सिकाएर , भजाएर के तपाईं नेपाली -नेवारी संस्कृति को सरंक्षण गर्नु हुन्छ , प्रबर्द्धन गर्नु हुन्छ ?? "  यदि यस्तै मानसिकता तपाइँ हरु को हुने भए नेपाल सम्बत को नाम मा कार्यक्रम गर्न छोड्नुस " 
 
त्यो कार्यक्रम मा मैले बोलेको कुरा सत्य थियो तर आयोजकलाई पचेन . अलि बढी नै भयो भन्दै थियो .............. त्यस पछि बर्षेनी हुने त्यो कार्यक्रम मा भोज खान लाई समेत निम्ता आएन ...................बोल्ने कार्यक्रम को के कुरा भो र ....
Last edited: 11-Sep-13 08:54 AM
Read Full Discussion Thread for this article