Posted by: instagram September 11, 2013
किन हामी अरु बन्न खोज्छौ ?
Login in to Rate this Post:     0       ?        
म न्यू यॉर्क मा बस्छु , एहा सारा दुनिया भर का मान्छे भेट हुन्छन ।
Queens को इमिग्रेंट हरु को बस्ती मा बस्ने हुदा अमेरिकन ( गोरा र काला ) जाती भन्दा देसी, स्पेनिश हरु संग नै धेरै भेट घाट हुन्छ ।
मैले आइले आइले आएर याद गरेको एउटा कुरा , हामी नेपाली हरु एहा आउने बित्तिकै किन आफ्नो संस्कृति , आफ्नो धरातल बिर्सेर अमेरिकन बन्न खॊज्छौ ?
मैले चिनेको एउटा बंगाली अमेरिका आएको 22 बर्ष जती भएको छ । उसको छोरी जो एहा जन्मी हुर्की उ घर बस्दा प्राय जसो कुर्ता सूरवाल मै हुन्छे , उसको येही जन्मेको अमेरिकन छोरो को भाषा कुनै भर्खर बंगाल बाट आएको बंगाली को भन्दा कम छैन ।। तर मैले चिनेका थुप्रै नेपाली परिवार का बुदि बुदि आईमै हरु कुनै अबसर मा बाहेक कुर्ता साड़ी को नाम लिदैनन , झाऊ लाग्चा रे , बच्चा हरुलाइ सकी नसकि अंग्रेजी बोल्न लगाउछ्न ।।
अगि मैले दिएको बंगाली परिवार मात्र हैन न्यू यॉर्क माँ अरु तेस्तै धेरै थाउ का मान्छे छन , ब्रुकलिन गयो भने साना साना jews का बच्चा हरु आफ्नो पहिरन लगाएर घुमि रहेका हुन्छन ।।
हामी लाइ मात्र किन तेस्तो wanna be हुन पर्ने ??
बर्ष मा एक दिन दशैं र तिहार मान्दैमा , ana मा गएर भाग लिदैमा र म नेपाली भनेर फेसबुक मा ठूला ठूला पोस्ट गर्दैमा हामी नेपाली हुञ्छौ?
अगि धत्तुआ भन्ने जंतु ले अर्को थ्रेड मा भने जस्तो म भगवान मान्दीन ,हिन्दू धर्म ठीक छैन रे , जन्मेर येत्रो हुन्झेल मानेको धर्म अब उसलाई घाड़ो भो । संसार कै समृद्ध साली देस जो हरेक कुरा मा भगवान को अर्थ लाइ समेत challange दिन्छ , भगवान को अस्तिस्तो माथि नै प्रस्न गर्छ, उसको पैसा मा भगवान को नाम छ , राष्ट्रपति ले भाषण गर्दा भगवान् ले रक्ष्या गरुन भन्छ अणि हाम्रो देस जून भगवान् भरोसा माँ चल्छ उस्कै बासी को येत्रो नाटक ??
हामी किन हामी भएर एहा बस्न सक्दैनौ?? हामी किन आफ्नो भाषा भेस संस्कृति लाइ अंगीकार गरेर अगाडी बडन सक्दैनौ ?? के हाम्रो संस्कृति तेती नराम्रो छ की एअरपोर्ट छोड़ने बित्तिकै बिर्सन पर्छ ? के हामले बच्चा देखि मानी आएको भगवान् तेती नराम्रा छन की एहा पस्ने बित्तिकै म तलाई मान्दिन भन्न पर्छ ??
I am just tired of this wanna be american Nepali people.
Read Full Discussion Thread for this article