Posted by: ThahaChaena September 5, 2013
हो मलाई भट्टी मन पर्छ
Login in to Rate this Post:     2       ?         Liked by
 अम्रिकेन साथी ,
 
घच्चीको लाग्यो कविता ...मलाई पनि भट्टी मन पर्छ र माथि तपाईंले देको कारण र अझै अन्य कारण ले मन पर्छ, केहि चै यिनै हुन् ..
 
... त्यहाँ दिनभरी को रित्तो खल्ती वालाहरुको भोको पेट भरिन्छ ...
...त्यहाँ हरेक सपना र आशा उड्ने मौलाउने आकाश भेटिन्छ..केहि पललाइ नै किन नहोस....
... त्यहाँ ढुसी र रक्सिको मिश्रित  गन्ध संगै मनका कुण्ठाहरु  हाक्काहाक्की भनिन्छ .....
... भित्ताको पुरानो पोस्टर अनि तेस्मथी पोतिएको नया चुनाको रंग जीवनरंग सरि कतै कतै लात्पतिन्छ ..
...एक प्याला पछिको एक  खिल्ली चुरोट जीवनभरीको रेटाइ मा एक पलको आनन्द भेटाइ जस्तो ठानिन्छ ...  
...त्यहाँ एक फ्वाँको चिउरा र अलिकति सितन संगै अहिलेमा रमाईन्छ .......
.... त्यहाँ हरेक कहानीले जीवन अनि हरेक जीवनमा कहानी येही भेटिन्छ 
....त्यसैले मलाई पनि भट्टी मन पर्छ अम्रिकेन साथि ...साएद त्यसैले मलाई पनि भट्टी मन पर्छ

- थाहा छैन 
 
Read Full Discussion Thread for this article