Posted by: nepalilaure August 31, 2013
How do you rate the current CIAA (Akhtiyaar)?
Login in to Rate this Post:     0       ?        
यहाँ हरुले नहेर्नु भएको भए , अन्नपुर्ण पोस्टमा एउटा लेख रैछ, लोकमानको आलोचनात्मक बिस्लेशन गरेको:

""लोकमानले निजामती सेवामा रहँदा धेरै समय राजस्व क्षेत्रका महत्त्वपूर्ण पदमा बिताए। सबैलाई थाहा छ, नेपालमा टेबुलमुनिबाट हातलागी गर्न पाइने सबैभन्दा सजिलो ठाउँ राजस्व संकलनसँग सम्बन्धित अड्डाहरू हुन्। हरेक नेपाली कर्मचारीको पहिलो छनोटको अड्डा पनि कर भन्सारहरू नै हुने गर्छन्। भन्सार विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकका रूपमा काम गरिसकेका अख्यितार प्रमुख कार्कीलाई ती ठाउँ र तिनका मातहतका अड्डाहरूमा हुने भ्रष्टाचारका बारेमा कण्ठै हुनुपर्छ। तर कार्की देखिने र परिणाम ल्याउन सक्ने गरी अर्थ-राजस्वका कर्मचारीहरूविरुद्ध कारबाही सुरु गर्न तयार छैनन् जस्तो बुझिन्छ। उनले गौचर विमानस्थल भन्सार कार्यालयका अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मीलाई एक लाख चानचुन रकमका साथ गिरफ्तार गरेर अर्थ राजस्वको क्षेत्रमा हुने गरेका ठूलाठूला भ्रष्टाचारका मामिलाबाट मानिसहरूको ध्यान हटाउन खोजेको जस्तो देखिन्छ।""


""आफूसँग जोडिएका यस प्रकारका निजी समस्या र नियुक्तिका क्रममा उठेको विवादका कारण हुनसक्छ, अदुअआका प्रमुख लोकमान सुरुका केही दिनसम्म अन्योलग्रस्त रहे र उनी अस्वाभाविक चञ्‍चलताका साथ दुनियाँसामु प्रस्तुत भए। उनका गतिविधि पञ्‍चायतको प्रारम्भकालमा तथाकथित अराष्ट्रिय तत्त्व (अत) लाई ठीक पार्न दरबारले खटाएका दौडाहा टोलीका गतिविधिसँग मिल्ने खालका, असन्तुलित र हास्यास्पद देखिए। जसरी पञ्‍चायतकालीन अञ्‍चलाधीश कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने मामिला पाउन गाह्रो हुन्थ्यो, त्यसैगरी कार्कीले पनि अख्तियार प्रमुखका रूपमा सार्वजनिक क्षेत्रमा पर्ने हरेक मामिलामा हस्तक्षेप गर्ने प्रयत्न गरे। उनका क्रियाकलापले पुष्टि गर्थे, लोकमान अख्तियारको माध्यमबाट यस समस्याग्रस्त मुलुकको प्रमुख कार्यकारी अधिकृत बन्ने दौडमा छन्। आखिर खिलराज रेग्मी चुनाव गराउनका लागि नियुक्त प्रमुख कार्यकारी न हुन्।""

http://annapost.com/opinion/news4980

Read Full Discussion Thread for this article