Posted by: amricane August 30, 2013
हो मलाई भट्टी मन पर्छ
Login in to Rate this Post:     8       ?         Liked by
हो मलाई भट्टी मन पर्छ
किनकी म जड्या हुँ 
मलाई जाड को मातमा लट्ठ हुन मन पर्छ 
आँफै लाई बिर्सने गरी पिउन मन पर्छ 
हो तेसैले मलाई भट्टी मन पर्छ
 
तिमी जिन्दगी बुज्न कहाँ जान्छौ ?
कती पैसा खर्च गरि कहाँ कहाँ चहार्छौ 
म त भट्टी जान्छु 
किन की म त्यहाँ संसार देख्छु 
म त्यहाँ जित को मात देख्छु 
हार को पीडा देख्छु 
शुभारम्भ को शुभकामना देख्छु 
अन्त्य को थकाई भेट्छु 
म भट्टी मा सारा दुनियाँ देख्छु 
हो तेसैले मलाई भट्टी मन पर्छ
 
भट्टी मेरो साथी हो , 
हिजो खुशी थिए 
त्यहाँ गएर रम रम रमे 
आज दुखि छु 
गएर झम झम झुम्छु 
भट्टी अरु जस्तो स्वार्थी छैन  
काम पर्दा मात्र मलाई सम्झदैन
बरु म स्वार्थी हुँ 
पिउन पर्दा मात्र सम्झन्छु 
दु:ख मा खुशी मा  
हासो मा अनि  पीडा मा 
तै पनि भट्टी मेरो साथ छोर्दैन 
हो तेसैले मलाई भट्टी मन पर्छ
 
भट्टी र मेरो समन्ध गोप्य छ 
चोरी चोरी माया गर्ने प्रेमी को जस्तो 
उ बद्नाम छे  
मलाई दिल खोलेर आउ भन्न सक्दिन 
म समाज को अगाडि उस्को मा जान्छु भन्न सक्दिन 
तर म जब जान्छु उ मेरै प्रतिक्ष्या मा हुन्छे
प्याला भरी लियेर मलाई स्वागत गर्छे  
मलाई सदा झै माया गर्छे 
मैले पिउन सकुन झेल 
म नढलुन्झेल 
हो भट्टी मेरो नजायज प्रेमिका हो 
तेसैले मलाई भट्टी मन पर्छ
 
तिमी भट्टी लाई के भन्छौ ?
म त ज्ञान को भन्डार भन्छु 
मोटा पुस्तक बाट नपाउने ज्ञान म त्यहाँ पाउछु 
म त्यहाँ बाट जिन्दगी जिउने ढाढस पाउछु , 
म हारेको बेला , 
हिंड्न नसकेर लर्बराएको बेला 
बाटो नदेखेर अल्मलियेको बेला 
म भट्टी धाउछु 
अनि नयाँ जोस नयाँ जागर 
नयाँ साहस नयाँ योजना लियेर आउछु 
भट्टी मेरो अन्तर आत्मिय शक्ति हो 
हो तेसैले मलाई भट्टी मन पर्छ
 
भट्टी मन्दिर हो
मानिस त्यहाँ कैले झुट बोल्दैन 
को ठुलो को सानो 
को धनी को गरिब 
त्यहाँ सब समान छन 
नतमस्तक भएर सब झुकेर भट्टी धाउछन 
हप्तै पिच्छे 
हरेक पर्ब मा 
हरेक अबसर मा 
हो भट्टि भगवान हो मेरो लागि 
तेसैले मलाई भट्टी मन पर्छ ।। 

(Note :मध्यपान स्वास्थ को लागि हानिकारक छ तर जिन्दगी को अर्थ तेसमै निहित छ )
 
Last edited: 30-Aug-13 12:38 PM
Read Full Discussion Thread for this article