Posted by: magorkhe1 August 30, 2013
काम छैन बुहारी साझा छिर ?
Login in to Rate this Post:     0       ?        
 श्रीमतीजी र केटाकेटी हरुको आजै ( सुक्रबार )देखि बिदा भएकोले उत्तर तिर हानीए |सानो तिनो खैला बैलाले केहि लछार्दैन थियो तर यो चाहि अलिक ठुलै परेछ उठाई दियो | काम एघार बजे पुगे पनि हुन्छ , तेसैले निन्द्रा catch up गर्न   सेल फोनमा ९:३० को घन्टी राखी उछ्याँन मा गुट्मुटिए | एस्तो बेलाको निन्द्रा रतिक्रिया पछिको जस्तै आनन्दाकर हुन्छ |
झ्वाप्प निन्द्रा परेको बेला ट्वार्र ट्वार्र घरको घन्टी बज्छ, यो घरको घन्टी बिज्ञापन र क्रेडिटकार्ड बाहेक कसैले गर्दैनन् | केटाकेटीले सेल फोन नउठाए घरको फोन हानिन्छ |
किन फोन गरे ?केटाकेटीलाइ के इमर्जेन्सी पर्यो भनि बैठक कोठामा झरेर  किन फोन गरेको नभनी "के भयो " भनेर सोध्न पुग्छु | उता बात आवाज आउछ : यो ११-७ को काम छोडी त्रीकाल दर्शी फलानो भनि  बिज्ञापन गर : मुख खोल्न पाको छैन सबै थाई पाई सक्यौ ! तिमीलाई था छ मेरो दिनचर्या किन सास्ती दिन खोजेको ? अनि का बाट पायौ यो घरको फोन नम्बर भनि केर कार गरे ?
हामि बिहानको कक्षा लिन जान्थौ, यी उनै  मित्र हुन्  सधै उठाई दिन्थे | बिहानै उठाउने ठेग्गा मलाइ दिएको हैन : नत्र तिमि कलेज टाइममा कहिले पुग्थौ !
मैले कुरा लम्बिएला, अर्को २ घण्टा सुत्न भ्याइञ्छ भन्दै सोधे के पर्यो तेस्तो ? उनि भन्छन एफ़िडेभिट चाहियोरे, तिमीले कसलाई पठाई दिनु छ भन्थयौ तेसैले सोधेको ?  बिहानै घन्टी बजाउनु सट्टा त्यो साझा छिर्नु पर्दैन थ्यो , त्याँ  इम्मिग्रेसन भन्ने ट्याब क्लिक गरे भै हाल्त्यो नि ?
" काम छैन बुहारी साझा छिर ",  पछि कुरा गरौला भन्दै फोन राखी दिए  |म पनि दुइ घण्टा सुत्न पाइन्छ भन्दै ओछ्यान भित्र छिरे |
 
Last edited: 30-Aug-13 07:07 AM
Read Full Discussion Thread for this article