Posted by: caliber19 August 27, 2013
Emerging Kali (कलि) statue in Pasupatinath
Login in to Rate this Post:     0       ?        
सुन्न; मैले नि कथा नै सुन्या हो, धेरै सानोमा - ऐले दुरुस्तै सम्झिन पनि सक्दिन । कथा करिब-करीब एस्तो हुंदो हो :- 
 
कुनै एक शक्तिशाली राजा थिए (सम्भवत: विरुपाक्ष्य हुनुपर्छ), तन्त्र-मन्त्रमा दख्खल राख्ने । उनी कुनै एक विशेष देव/देवी का परम भक्त थिए रे । ति देव/देवी ले राजाको सपनामा आएर चेतावनी दिनुको बावजुद पनि राजाले आफुलाई दर्शन दिनकोलागी ढिपी गरेपछी, ति देव/देवी प्रकट त भए/भईन् रे तर उन्को एउटा खुट्टा मात्र यो सन्सारमा अटायो रे (त्यो पदचाप ऐले पनि नेपालकै कतै-कुनै स्थानमा रहेको विश्वास गरिन्छ) तर अर्को खुट्टा राख्ने ठाउं नपाएपछी; स्वयम ति राजाले आफ्नो शिर थापेकोले ति पातालभित्र भास्सिन पुगे रे !
 
पछी ति देव/देवी लाई आफ्नो परम भक्तप्रती दया जागेर; कालान्तरमा बाहिर आउने आकाशवाणी गरेर विलोप भएको र तेही दिन नै संसारमा प्रलय आउने (तेस्को नि कुन्नी के कारण त थियो क्यारे !) पनि भनेको रे ! 
 
यो त भयो सुनेको कुरो, तर मलाई हेक्का रहे सम्म; १७-१८ सालतीर कैले हो हाम्रै एक नातेदारले पनि पहिलो पटक त्यो मुर्ती (कली, कल्की वा विरुपाक्ष्य) हेर्नुभाको थियो रे जुन वक्ष्य भन्दा केही मुनी सम्म मात्र निस्किएको अवस्थामा थियो रे । त्यसैले, मुर्ती माथि आउंदैछ - यो कुरामा त खास्सै विवाद छ जस्तो लाग्दैन, त्यहां मुनिको भु-बनोट वा मुर्तीकै केही विशेषता हुन सक्छ; तर तेही एक मुर्ती माथी निक्लिनुले नै सब्कुरा ध्व्श्त हुन्छ भनेर त खै कसरी पत्याउनु र !
 
पुनश्च: माथि वा एस्पछी; आ-आफ्ना मत राख्नेहरु सँग मेरो कुनै विमती छैन, धागो रुचिकर लागेकोले - मेरा फोकटका केही शब्द ! 
Read Full Discussion Thread for this article