Posted by: Rahuldai August 27, 2013
Emerging Kali (कलि) statue in Pasupatinath
Login in to Rate this Post:     0       ?        
 ओह कलिको बारे अनुसन्धान गहिरो नै गर्नु पर्ला जस्तो छ .  बाघ दाई ले राख्नु भएको लिंक अधोपान्त पढियो र सर्च र रि-सर्च गर्न मन लाग्यो ( गरि हालेको छैन है ) . तर पनि किंवदन्ती र सुनेर आएको कुरा संग इतिहासकार हरि राम जोशी संग बिमति राख्दछ . त्यसो त जोशी जी संग व्यक्तिगत चिनजान छ मेरो. 
 
बिरुपाक्ष वा कलि ... कलियुगको प्रतिनिधित्व गर्दछ र त्यसको अर्ध शरीर पुरै सतहमा आयो भने कलियुग को समाप्ति र पृथ्वी नै ध्वंस हुन्छ भन्ने किंवदन्ती हामीले सुनेका हौँ . अर्को कुरा श्लेषमान्तक अर्थ संस्कृत मा लब्सीको रुख (बोट ) हुन्छ र  पाशुपत इलाकाको बन मा प्रचुर मात्रामा लब्सीको रुखहरु अद्यापि छदैछ र त्यसको नाम बाटै श्लेषमान्तक बन रहन गएको हो . पशुपात क्षेत्र र लब्सी को बोट पाचौं वा छैठौं शताब्दि अघि नै थियो , यसमा कुनै शंका छैन . 
Read Full Discussion Thread for this article