Posted by: _____ August 16, 2013
एरपोर्ट को सख अध्कृत को कमाई सालाखाला दिन को ५० हजार हुने रेछ
Login in to Rate this Post:     0       ?        
 

विमानस्थलबाट घूससहित दुई अधिकृत पक्राउ

  • एक लाख ४१ हजार रुपैयाँ बरामद

 
(6 Votes)
 
 
 
 

काठमाडौं, श्रावण ३२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सारका दुई अधिकृतलाई एक लाख ४१ हजार रुपैयाँ सहित पक्राउ गरेको छ । अख्तियारबाट खटिएको विशेष टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका अधिकृतद्वय मिनर्भा अधिकारी र शान्तराज रेग्मीलाई नगद सहित पक्राउ गरी हिरासतमा लिएको हो ।

अख्तियारका एक अधिकृतका अनुसार, भन्सारका कर्मचारीहरुले बारम्बार घुस खाने र सेवाग्राहीसँग रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरी सहितको सुराकी टोली विमानस्थल क्षेत्रमा पठाइएको थियो । निगरानी र सूचनाका आधारमा आकस्मिक खानतलासी गर्दा उनीहरु पक्राउ परेको ती अधिकृतले बताए ।

अख्तियारका अनुसार उनीहरु साँझ ५ बजेट ४० मिनेटमा सरकारी गाडीबाट निवास र्फकदै थिए । टोलीले खानतलासी गर्दा अधिकारीको झोलाबाट २२ हजार ५ सय रुपैंया भेटिएको छ । साथै उनको सवारीसाधनको म्याटमुनी खुट्टा राख्ने ठाँउमा खानतलासी गर्दा थप ३९ हजार रुपैंया बरामद भएको हो । अधिकारीको साथबाट मात्रै ६१ हजार ५ सय रुपैंया बरामद भएको छ ।

त्यसैगरी अर्का अधिकृत रेग्मीको साथबाट ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ । सो रकम उनले पाईन्टको खल्तीमै राखेको अवस्थामा भेटिएको छ । उनको साथबाट अख्तियारको टोलीले दुईवटा मोवाईल सेट पनि बरामद गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई उच्च अनियमितता हुने निकायको रुपमा राखी बारम्बार सुधारका लागि अधिकारीहरुलाई निर्देशन दिएको थियो । अघिल्लो सातामात्रै आकस्मिक निरिक्षण गरेको अख्तियारको टोलीले शुक्रवार घुस सहित दुई भन्सार अधिकृतलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नासाथ स्वतः निलम्बनमा परेका उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर हुनेछ ।

 

- See more at: http://www.ekantipur.com/np/2070/4/32/full-story/374102.html#sthash.vZeN72Vl.dpuf
Read Full Discussion Thread for this article