Posted by: mardshab August 11, 2013
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ए हजुर,
सम्मानको धज्जी न उडाईयोस भन्ने कुरो सही हो| अरुलाई भन्न र जबर्जस्ती नेपालीमा लेख्न सजिलो होला| आफै पालना गर्न कठिन होला|
विजयजी, तपैहरुले एउटा कुरोमा बिचार पुर्याईयोस है|
नेपालका जिल्ला र ठाउँ पछिको नाउँ राख्दै अमेरिकामा संस्था खोलेर त्यस्ता एकराते र एकपाखे संस्थाहरुको पदाधिकारी भनेर कार्ड छपाएर अनि सामाजिक संजालमा मान मर्दन, मंच र माईक खोज्नेको धज्जी नि कसले उड़ाउने? ए.एन.एस. अमेरिकाले के गर्यो यतिका बर्षमा भनेर लेख्न भन्दा जैले पनि यो संस्थाको पछि सबैभन्दा पुरानो संस्था भनेर मात्र किन लेख्ने? ए.एन. एस. को गौरव गाथा सबै पोली खाए पछि खालि बचेको खुचेको खालि यो सबै भन्दा पुरानो हो भन्नुमा मात्र रहेको छ? सबैभन्दा पुरानो सितै यो संस्था गत छ सात चुनाव देखि कि ललितपुरको छ घरे संस्था वा झापाको बल्ड्याङ्गमुनिको हावाघरे संस्था भन्दा पनि गए गुज्रेको छ भनेर पनि किन उल्लेख गर्नुहुन्न? जुन दिन देखि अध्यक्षको चुनावमा मत हालेर गराउन सट्टा ओभरट्याम खेलमा गोल नभएर दुवै पक्षले छ छ महिने ट्रफी राख्ने बच्छी बच्छी निर्णय जस्तो गर्यो त्यही दिन देखि ए एन एस को गौरव मृत घोषणा भएको हो| त्यसरी चुनाव मै नजिती अध्यक्ष भएका दुई जनाले लाजै शरम बेगर ए एन एस को पुर्ब अध्यक्ष भनेर आफ्नो विल्ला आफैले देखाएकोमा धज्जी उड़ाउने कुरो गरम न| चुनावै नजिती अध्यक्ष भएको वा अर्द्ध अध्यक्ष भएको भनेर लेखे सही ठहर्ला|
नेपालमा जस्तै तीन पाथी तेल घस्ने संस्कार अमेरिकामा पनि लिएर आएकाहरुले चोखो वातावरण सृजना गर्न अर्को पीडीं नै कुर्न पर्ने भयो|
धज्जी नै उड़ाउने भए सही कुरोमा धज्जी उडाईयोस| आफ्नो आंगको जुम्रा पनि देख्नुपर्यो|