Posted by: ashishme July 24, 2013
एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का
Login in to Rate this Post:     0       ?        

एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का

 

92

Avenues TVएभिन्युज टेलिभिजनका एक पत्रकारमाथि समाचार कक्षमै हातपात भएको छ । पत्रकार नवीन ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको एभिन्युजका कर्मचारीले बताएका छन् ।

‘तलबको कुरा गर्ने यही हैन भन्दै एक मुक्का हान्नुभयो’, प्रत्यक्षदर्शी एक पत्रकारले भने, ‘हामी सबै समाचारकै तयारीमा थियौँ ।’ घटनापछि न्युजरुम दिनभर आतंकित बनेको थियो ।

टेलिभिजनमा कार्यरत दुई महिला पत्रकारबीच फेसबुकमा भएको भनाभनको विषयलाई लिएर क्यामेरा पर्सन तथा रिपोर्टर ज्योति शाहलाई एभिन्युज व्यवस्थापनले बर्खास्त गरेपछि आक्रोशित पत्रकारले ‘तलब पनि नदिने र पत्रकारलाई अन्यायपूर्ण तरिकाले निष्कासन गर्ने’ भन्दै बिरोध जनाएका थिए ।

बिरोधको नेतृत्व पत्रकार ढुंगानाले गरेका थिए । व्यवस्थापनले ढुंगानालाई निलम्बन गरेको छ ।

ढुंगानाले नेपाल सन्देश डट कमसँग भनेका छन्ः ‘१० महिनादेखि नियमित तलब पाएका छैनौँ । तलबका लागि हामीले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराएँ तर, सुनुवाई भएन । आज एक्कासी तलबको कुरा गर्ने ?यहाँ तलबका लागि अरु कर्मचारीलाई उस्काउने र राजनीति गर्ने ? तँ जस्तो पत्रकार चाहिँदैन भन्दै कुट्न थाले ।’

पत्रकार रोजिता कँडेल र शाहबीच फेसबुकमा चर्केको व्यक्तिगत विवाद व्यवस्थापनसम्म पुगेपछि व्यवस्थापनले शाहसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई व्यवस्थापनले बर्खास्त गरेपनि पत्रकारहरुले भने उनीमाथि अन्याय गरिएको बताएका छन् ।

पत्रकारको बिरोधबाट अत्तालिएर व्यवस्थापन हातपातमा उत्रिएको एक पत्रकारले बताए । ‘यहाँ राजनीति चल्दैन । दादागिरी देखाउने सबैलाई तह लगाइन्छ’, एक पत्रकारले राजकर्णिकारको भनाई उद्धृत गरे ।

एभिन्युज टिभीका अधिकांश पत्रकारले एक वर्षदेखि तलब पाएका छैनन् । ‘व्यवस्थापनले ल्याएकाहरुलाई पहिल्यै पेश्की दिइन्छ । प्रतिष्पर्धाबाट आउने हामी तलब नपाएर हैरान’, एभिन्युजका एक पत्रकारले भने ।

एभिन्युज टिभीका कार्यकारी अध्यक्ष राजकर्णिकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

अपडेटः 2013/7/24 6.52 pm

कुटपिटमा परेका एभिन्युज टेलिभिजनका पत्रकार नवीन ढुंगाना र ज्योति शाहले सूचना विभाग, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय काठमाडौं र फ्रिडम फोरममा उजुरी दिएका छन् । उनीहरुले सुरक्षाको प्रत्याभूति र कुटपिटमा उत्रेका एभिन्युज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई कारवाहीको माग गरेका छन् ।

उजुरीमा ढुंगाना र शाहले दुईजना कर्मचारीबीचको व्यक्तिगत असमझदारीलाई टेलिभिजनका बोर्डकास्टिङ म्यानेजर सगुन शाक्यले सामुहिक बनाएर ज्योति शाहलाई असभ्य भाषाको प्रयोग गरी, गाली गलौज गरेको उल्लेख गरेका छन् । फोनमा भएको दुर्व्यवहारको न्याय नपाउँदै शाहलाई निस्काशनका लागि अनावश्यक लिखित स्पष्टीकरण सोधिएकोले पत्रकारहरुले अन्यायको बिरोध गरेको उजुरीमा उल्लेख छ ।

शाहको पक्षमा लागेर बोलेको भन्दै टेलिभिजन ब्यवस्थापनले नवीन ढुंगाना, सजिता केसी लगायतका ९ जना लाई गुटबन्दी र राजनीति गरेको झुठो आरोप लगाइएको र निश्कासन गर्ने धम्की दिइएको उनीहरुले जनाएका छन् । आइतवार जेनेरल म्यानेजरसँग मिलापत्र भईसकेको घटनालाई क्रान्तिकारी पत्रकार संघसंग सम्बन्ध राखेर १३ महिनाको तलब माग्न पत्रकार कर्मचारीलाई एकजुट बनाएको आरोपमा अनावश्यक उचालेर कर्मचारीमाथि दुर्व्यहार भएको उजुरीमा उल्लेख छ ।

एक वर्षदेखि तलब नपाएको र पत्रकार उर्मिला विष्टलाई गर्भवति भएकै आधारमा निष्कासन गरिएको घटनाको बिरोध गरेपछि रुष्ट ब्यवस्थापन कर्मचारीमाथि हातपातमा उत्रेको उनीहरुले उल्लेख गरेका छन् ।

उजुरीमा लेखिएको छः

म नवीन ढुंगाना समाचार संकलन गरेर समाचार कक्षमा फर्कदै थिएँ । समाचार कक्षामा कोही चर्को स्वरमा बोलिरहेको सुने । मलाई खोजिएको खबर रिपोर्टर चफ शिव दाहालले जानकारी दिएपछि म त्यहाँ माहौलमा पुगे, जहाँ कार्यकारी अध्यक्ष उफ्रिरहेका थिए । मलाई देख्नासाथ उनी झोक्किए र मलाई मिथ्या आरोप लगाएर मुक्का ताके । म बोलिनँ । प्रतिवाद गरिन । तर उनले मलाई पाखुरा र कुहिनामा मुक्का हाने ।

मलाई हात हाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राज कर्णिकारलाई समाए । उनले तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे । आफू कानुन नियम केही नमान्ने भन्दै एक एक गरी ठेगान लगाउने उनले धम्की दिए । तलब माग्ने, अधिकार खोज्ने र व्यवस्थापनको गल्तिबारे बोल्नेलाई निष्काशन गर्न निर्देशन दिए । र, बाहिरीए ।

मैले एक महिला सञ्चारकर्मीमाथि भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारिश्रमिक माग्नु गलत थियो ?

उजुरीमा अन्य पत्रकारलाई पनि निष्कासन गर्ने धम्की दिइएको उल्लेख छ ।

Read Full Discussion Thread for this article