Posted by: Tmobile July 17, 2013
Beed wins Rwanda consulting contract
Login in to Rate this Post:     0       ?        
 
      काठमाडौ, २ साउन । प्रचण्डपुत्र प्रकाशले माओवादीका युवा नेता कृष्ण केसीलाई मार्न खोजेको खुलासा भएको छ युवा नेता कृष्णको भनाइ अनुसार प्रचण्ड पुत्र प्रकाशले आफ्नो शक्ति प्रदर्शन गर्दै आफूलाई थर्काउने क्रममा उनले पेस्तोल सम्म ताकेर आफुलाई मार्न खोजेको खुलासा गरेका छन् ।

बिना मगरसँग भागेको कुरा सार्वजनिक गरेको भन्दै उनीसँग पड्किएका प्रकाशले आफ्नै बाबुको अंगरक्षकको पेस्तोल कृष्णमाथि ताकेका रहेछन् नेता केसीले आफ्ना साथीहरुसंग भने अनुसार प्रकाशको हातबाट थोरै मात्र टिगर दबेको भए उनी यस धर्तीमा नरहन्ने रहेछन् । उक्त समयमा यदि ट्रिगर थोरै मात्र दबेको भए आफ्नो ज्यान जाने थियो भन्दै आफ्ना पहिले मालेमा भएका केही साथीसँग गुनासो गरेका छन् ।

प्रचण्डका निम्ति पार्टीद्धारा अंगरक्षक खटाइएका युवराज दुलाल ुशरदुले सगरमाथाबाट फर्केपछि प्रकाश तथा बिनाको प्रेम प्रकरणबारे माता सीतालाई भान्सामा पोल लगाइरहँदा प्रकाशले बैठकको ढोका समेत फुटाएका थिए ।

उता, प्रकाशले बिनालाई राख्नका लागि ललितपुरको एउटा घरमा सुविधासम्पन्न फ्ल्याट लिएका छन् । उक्त फ्याल्ट हेर्दा चानचुने पैसाको नभएको सहजै अनुमान लगाउन सकिन्छ । यसबारे पेरिसडाँडामा समेत पटक(पटक कुरा उठिसकेको बताइएको छ ।

Read Full Discussion Thread for this article