Posted by: Rahuldai July 15, 2013
"मन" ...................
Login in to Rate this Post:     7       ?         Liked by
"मन" 
सुन्छु कसैको “मन” काँच झैँ चकनाचूर भयो रे ,

सुन्छु कसैको “मन” ऐना झैँ चूर चूर भयो रे

कसैको मन फलामे थुङ्गा  भयो रे

         कसैको मन बेजान ढुङ्गा भयो रे.................

 

सोच्छु , मन यति कमजोर किन  हुन्छ??

यति निर्दयी र कठोर किन हुन्छ?

 

हो मन,

कोमल हुन्छ , मुलायम हुन्छ,

मन

फूलको धारले रेटिने ,

छालमा मेटिने

पनि हुन सक्छ .

अथाह पीडा, अनगिन्ति बेदना अटाउने सक्ने

आँशुको सागर भित्र भित्रै लुकाउने सक्ने

आमाको कोख कस्तो बेमिशाल

मातृत्वको स्नेह जस्तो बिशाल

हुन्छ मन .

कसैले दुखाउदैमा दुखीरहने

मन यति साह्रो कमजोर हुन्न,

कसैले चुकचुकाउँदै  सुकी झर्ने

मन यति खुकुलो गठजोड हुन्न .

 

तर मन अमिलो अंगुर हुन सक्दैन

तर मन नाजुक र भंगुर हुन सकदैन


सजिलै टुक्रिन्छ भने

सजिलै जोडिन्छ  भने

अबश्य पनि त्यो मन

पहिलेई चर्किसकेको  मन हुनु पर्छ,

तन र धनले लेपेको  मन हुनु पर्छ .

हो, बदनलाई माया गरेर मुनाको मदन हुँ भन्नेहरुको

मन मिल्ने भन्दा धन मिल्ने खोजी हिड्ने

एक पछी अर्को रोजी हिड्ने सीता साबित्रिहरुको

भने मन नै हुँदैन ...

फगत रगत तान्ने र फाल्ने

जिउदो छु भन्ने प्रमाणरुपी

एउटा मुटु हुन्छ, बस एउटा मुटु हुन्छ .

 

 * भंगुर = Brittle 

 *नाजुक= Fragile 

 

Last edited: 15-Jul-13 10:48 AM
Read Full Discussion Thread for this article