Posted by: amricane July 14, 2013
बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो
Login in to Rate this Post:     9       ?         Liked by


बा तिम्रो सपना
तिम्रो रहर
तिम्रो इक्ष्या
मलाई ईन्जिनियर बनाउने
सब खेर गो
बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा तिम्ले भन्ने गरेको थियौ
पढेनस भने गधा हुन्छस
पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस
बा मैले पढे
अब्बल दर्जा मा पास नि गरे
तर पनि बा म ड्राइभर बने
तिम्ले भनेको मिलेन बा

बा अम्रिका उल्टा को देस रइछ
जे पनि उल्टो
खाने बस्ने गर्ने सब तरिका उल्टो
तेइ भएर बा तिम्रो गाली नि उल्टो भो
तिम्रो छोरो पढ्यो पास भो 
अनी तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा , हाम्रा गाउ मा मान्छे पढेन भने निकम्मा हुन्छ
बेकार हुन्छ
अनी ड्राइभर हुन्छ
तर बा यहाँ उल्टो छ
ड्राइभर हुन लाई पढ्न पर्छ
इस्कुल गएर क्लास लिन पर्छ 
१०० मा ७० ल्याएर पास हुन्छ पर्छ
मैले ८६ ल्याए बा
अनी तिम्रो छोरो अम्रिका को ड्राइभर भो 

बा तर म चानचुने ड्राइभर हैन ,
सपना को शहर को ड्राइभर
ठुला ठुला मान्छे बोक्ने ड्राइभर
सेता गोरा खैरा बोक्ने ड्राइभर
अनी म जस्ताइ नयाँ नयाँ सपना बोकेर भित्रिने लाई
तितो एथार्थ मा उतार्ने ड्राइभर
बा तिम्रो छोरो अम्रिका को ड्राइभर

बा अम्रिका अचम्म छ
यहाँ सब गर्न पर्छ
बाँच्न अनी खान लाई
जे आउछ तेइ गर्न पर्दो राइछ
यो गर्छु त्यो गर्छु आफ्नो मन नचल्ने रइेछ
म पनि तेही बेग सँग बगे बा
जता लान्छ जिन्दकी ले तेतै दौडिए
अनी म अम्रिका को ड्राइभर भए

बा यहाँ काम सानो ठुलो छैन
कसैले कसैलाई हेप्दा नि हेप्दैन
त सानो म ठुलो भनेर चेप्दा नि चेप्दैन
काम काम हो
तर पनि बा तिम्ले भनेको
बच्चै देखी सुनेको
अनी देखेको भएर मन अमिलो भो
ड्राइभर बनेर शहर घुम्दा तिम्रो याद झल्लस आउँदा
आँखा भरी भो
बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो
 

Read Full Discussion Thread for this article