२९ असार, न्युयोर्क ।
अमेरिकाको ग्रिनकार्ड भएकाहरुले आफ्नो श्रीमान्, श्रीमती वा २१ बर्ष नपुगेका अविबाहित छोरा छोरीको लागि ग्रिनकार्ड एप्लाई गर्न पाउने भएका छन् । युएस डिर्पाटमेन्ट अफ स्टेट सर्भिस अफ दि ब्युरो अफ कन्सुलर अपेर्यसले जुलाई महिनामा प्रकाशन गरेको भिसा बुलेटिन अनुसार अगष्ट महिनमा ग्रिनकार्ड भएकाले पनि आफ्ना परिवारको लागि तत्काल ग्रिनकार्ड एप्लाई गर्न मिल्ने भएको हो ।
बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीका अनुसार यस अघी सम्म ग्रिनकार्ड होल्डरले आफ्नो परिवारलाई ग्रिनकार्ड दिलाउन २ देखी ५ बर्ष सम्म पर्खनुपर्ने भए पनि अगस्ट महिनामा भने तत्काल ग्रिनकार्डको लागि आवेदन दिन मिल्ने भएको छ । अधिवक्ता क्षेत्रीका अनुसार ग्रिनकार्ड होल्डरले आफ्ना परिवारलाई ग्रिनकार्डको लागि आवेदन दिए पश्चात पहिला वर्क परमीट आउने र त्यसपछि मात्र ग्रिनकार्डको प्रकृया अगाडि ब्यवस्था रहेको छ ।