Posted by: Geology Tiger July 11, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुले साझालाई किन आफ्नो प्रचारप्रसारको माध्यम मात्र ठान्छन् ?
Login in to Rate this Post:     0       ?        
फलाना नेपाली संस्थाले यस्तो गर्‍यो, ढिसानाले यस्तो गर्‍यो, यस्लाई यो सम्मान गरियो, त्यसलाई त्यो सम्मान गरियो ...
ए बाबा यो पढ्दा पढ्दा आँखा नै टट्टाइसक्यो भन्या ..

ल ठीक छ, संस्थाको प्रचार प्रसार गर्नु, संस्थाले गरेका कामहरुको बारेमा जानकारी दिनु आँफैमा नराम्रो होइन .. यसबाट साझाका पाठकहरुले केही न केही जानकारीनै प्राप्त गरिरहेका हुन्छन् ..
तर त्यस्ता धागोहरुमा साझाका प्रयोगकर्ताहरुले राखेका जिज्ञासा, गरेका टिप्पणीहरुको सम्बन्धमा भने यिनिहरुलाई कत्ति पनि चासो छैन ..

यिनिहरुको कार्य त एउटा प्रचार प्रसार गर्न तयार पारिएको रोबोट जस्तो छ, संस्थाको कुरा चाँही भ्याट भ्याट टाँसेको टाँस्यै तर अरुले लेखेको चाँही देख्दै नदेख्ने हो कि, देखेर पनि "बाल मतलब" भन्ने हो कि के हो के हो ?

अमेरिकामा रहेका नेपालीहरुको नाममा संस्था खोले पछि झन् उनीहरुको बिचारलाई बढी भन्दा बढी मात्रामा कसरी सामावेश गराउने भन्ने कुरामा आँफैले प्रयन्त गर्नु त कता हो कता हो, साझाले सित्तैमा थुप्रै नेपालीहरुको विचारलाई सुन्ने र उनीहरुलाई आफ्नो विचार बुझाउने अवसर दिदा पनि केही मतलब छैन बा !!

हैन हो कहिले सम्म यसरी एकोहोरो डम्फु बजाउनु हुन्छ भन्या ?  
Read Full Discussion Thread for this article