Posted by: _____ July 10, 2013
३५ किलो अवैध सुन बरामद-सुन साहुहरू पनि समातिए
Login in to Rate this Post:     0       ?        
 

३५ किलो अवैध सुन बरामद

  • सुन साहुहरू पनि समातिए

 
(6 Votes)
 
 
 
 
Gold
 
 


काठमाडौ, असार २६ - चीनको खासाबाट तस्करी गरेर राजधानी ल्याइएको ३५ किलो सुनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले कन्टेनरमा लुकाएर ल्याउँदै गरेको उक्त सुन बुधबार बिहान साढे ५ बजे कोटेश्वरबाट बरामद गरेको हो ।

प्रहरीले सुन साहुहरू कालिकास्थानका मोहन अग्रवाल र बौद्ध चुच्चेपाटीका घ्याम्जो लामा, कन्टेनर साहु नामगेल भनिने ओमबहादुर बज्राचार्य र कन्टेनरका चालक निमा छिरिङ तामाङलाई पक्राउ गरेको छ । ब्युरो प्रमुख डिआईजी प्रकाश अर्यालले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए । 'ठूलै मात्रामा अबैध सुन लिएर आउँदै गरेको सूचनाका आधारमा अनुसन्धान गरेका थियौं,' उनले भने 'सिलबन्दी गरेको कन्टेनरको अगाडीको भागमा लुकाएको अवश्थामा फेला पार्‍यौं ।' प्रहरीले सुरुमा कन्टेनर चालकलाई मात्र पक्रेको थियो । उनैले दिएको सुचनाका आधारमा बाँकीलाई समातेको हो ।

प्रहरीका अनुसार सुन काण्डमा अहिलेसम्मकै ठूला तस्कर पक्राउ परेका हुन् । यसअघि भरिया (क्यारियर) मात्र समातिने गरेका थिए । तर यस पटक सुन धनी र पठाउने व्यक्ति समेत समातिएका छन् । यसले सुन तस्कको धन्दा कमजोर हुने दाबी प्रहरीको छ । 'यो तहसम्मका मान्छे समातिएपछि तस्करी गर्ने गिरोहले धन्दा नगर्ला,' एक प्रहरी अधिकृतले भने ।  

 

प्रकाशित मिति: २०७० असार २६ ०९:४६

- See more at: http://www.ekantipur.com/np/2070/3/26/full-story/371845.html#sthash.L7xlk7uh.dpuf
Read Full Discussion Thread for this article