Posted by: daum July 6, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     2       ?         Liked by
Just saw an UPDATE from : http://www.mysansar.com/2013/07/5453/#more-5453
 
========================================

जहाँसम्म कानुनी रूपमा लड्ने कुरा छ, त्यो हामी धेरैलाई थाहा भएकै कुरा हो, यहाँ वकिलको खर्च साह्रै महँगो छ। यदि हरेक विद्यार्थीले आ-आफ्नो तर्फबाट वकिल राख्नुपर्‍यो भने वकिलको लागि मात्र सालाखाला एक जनाले २५-३५ हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने देखिन्छ। अहिले अभियोग लागेका (जो पढिराखेका र भर्खर पढेर काम सुरू गरेका) छन्, उनीहरूको लागि असम्भव जस्तै छ। त्यो बेला हामीले फेरि सबै नेपाली दाजुभाइहरूसँग सहयोग लिनुपर्ने अवस्था आउन सक्छ। हामी आशावादी छौं, यो घटनामा हामी हारेको खण्डमा भोलि अरू धेरै नेपाली विद्यार्थी साथीहरूलाई असर गर्ने हुनाले सबैले आ-आफ्नोतर्फबाट सक्दो सहयोग गर्नुहुनेछ। कहीँकतै निःशुल्क कानुनी परामर्शका कुरा पनि उठेका छन्, त्यो पनि हामीले बुझिराखेका छौं। नेपाली राजदूतावासले पनि यसमा केही सहयोग गर्ला भन्ने हाम्रो अपेक्षा छ।

 

Read Full Discussion Thread for this article