Posted by: Geology Tiger July 6, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     6       ?         Liked by
संसारमा धेरै थरि मानिसहरु हुन्छन् । ती मध्ये एक थरीलाई रमिते भनिन्छ । रमितेहरुले के गर्छन् भनेर उनीहरुको छिमेकमै कसैको घरमा आगो लागेको बेलामा त्यहाँ अगाडि उभिन्छन् र यसरी अनेक विचार विमर्श गर्छन्, मानौ यो उनिहरुको लागि कुनै रमाइलो हो । एउटाले भन्छ ' यो घरको घरमूली सार्है चुरोट खानुपर्ने, अनि चुरोट खाएर जथाभावी ठुटा फाल्ने, आगो त्यही ठुटाबाट लागेको हो ।" अर्कोले बाजी ठोक्छ " हैन यो घरकी आइमाइ जहिले पनि खाना पकाएपछि चुल्हो राम्ररी ननिभाउने, आगो त्यसैबाट सल्केको हुनुपर्छ ।' अर्कोले थप्छ, "हैन घरकी बूढी बज्यैलाई धूप बालेर जताततै राख्नुपर्ने, आगो त्यहीबाट सल्केको हुनुपर्छ ।' अनेक विचार विवेचना हुन्छ तर ती मध्ये कसैले एक बाल्टिन कतैबाट खोजेर ल्याएर आगो निभाउने प्रयत्न गर्दैन ।

अहिले आपतमा परेका यी नेपालीहरुलाई गर्ने सहयोग भनेको कानूनी, कुटनैतीक र आर्थिक नै हो । अब हामीले गरेर हुनेवाला केही छैन सबै सकिसक्यो भन्ने साथीहरुले के बिर्सनु भएन भने अहिलेसम्म उनीहरुमाथि आरोप मात्र लागेको हो, अपराध प्रमाणित भइसकेको छैन । अझ सिंगै कानूनी लडाईं बाँकी नै छ । के उनीहरुको तर्फबाट राम्रा वकिलहरुले मुद्दा लडे भने उनीहरुले पाउने सजाय कम हुनसक्दैन ? अनि राम्रा वकिलहरु राख्नलाई पनि त उनिहरुलाई आर्थिक सहयोगको खाँचो पर्नसक्छ । नेपालीको लागि केही गर्छौ भनेर स्थापना भएका र नेपालीको नाम बेचेर खाने संस्थाहरुले यस्तो आपतमा परेका नेपालीहरुलाई आफ्नै अग्रसरतामा सहयोग गर्नु उनीहरुको नैतिक दायित्व र जिम्मेवारी हो । हामीले त सम्झाउने र झक्झकाउने कार्य गरेका मात्र हौ र सहयोगको लागि नेपाली राजदूतावास र ANA लाई गुहारेका हौ । म आशावादी छैन कि हामी केहीले यसरी साझामा लेख्दैमा कुनै ठुलो पहाडै खस्ला र रातारात सब ठीक होला तर पनि कतै कसैले हाम्रो कुरा पढि पो हाल्छ कि भनेर यति लेखेको हो ।

तर हैन एक जना अति बुझक्कडले यसरी सहयोग माग्नुलाई ANA लाई दोष दिएको र गाली गरेको बुझेछन् । संजीवनी बुटी ल्याउ भनेर पठाउदा पुरै द्रोणाचल पर्वत नै बोकेर ल्याउने हे अति बुद्दिमान हनुमान ! आफ्नो ख्वामितलाई के भन्देउ भने यदी उनको र उनको सेनाको रुची नितम्ब हल्लाउनु र नितम्ब हल्लाएको हेर्नु मात्र हो भने नेपालीको नाम बेचेर खान छोडिदिए हुन्छ । राम बन्नलाई आफ्नो परिवारको खुशी त्यागेर भए पनि दुनियाँ संसारको खुशीको बारेमा बढी सोच्नुपर्छ । होइन भने तिम्रो ख्वामितलाई राम बन्ने कुनै अधिकार छैन र तिम्रो हैसियत पनि एउटा ढेडुको भन्दा कत्ति बढी छैन ।
 
Last edited: 06-Jul-13 04:39 PM
Read Full Discussion Thread for this article