Posted by: craze July 2, 2013
Sati lay sarapay desh nai ho ta Nepal
Login in to Rate this Post:     0       ?        
 नुवाकोट— एक वर्षअघि एक युवतीलाई भारतमा बिक्री गर्ने लगेको आरोपमा पक्राउ परेको आफ्ना कार्यकर्तालाई रिहा गर्ने माग गर्दै एमाओवादी नुवाकोटमा घण्टा चक्काजाम गरिरहेको छ। पूर्वी नुवाकोटको सुन्दरादेवीका गाउँ सचिव विविलाल तामाङले गत वर्ष ०६९ भदौ ५ गते उर्लेनी गाबिसकी १९ वर्षिय युवतीलाई भारतमा बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
 
Laptop Bag with every nagarik
भारतमा बेचिएकी किशोरीको पिताले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको थियो। किशोरीका बाबुले उजुरी दिएका अर्को आरोपी सुन्दरादेवीका सोमपर तमाङ भने फरार रहेको प्रहरीले जनाएको छ।

आफ्नो कार्यकर्ता पक्राउको बिरोधमा एमाओवादीका पुर्वसभासद बिमला सुवेदीको नेतृत्वमा रहेको कायकर्ताहरुले सदरमुकाम बिदुरमा चक्काजाम गरिरहेका हुन्। एमाओवादी नुवाकोटका जिल्ला संयोजक समेत रहेकी बिमला सुबेदीले आफ्नो कार्यकर्तालाई फसाएको आरोप लगाएकी छिन्।
Read Full Discussion Thread for this article