Posted by: Geology Tiger June 27, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     4       ?         Liked by

हुन त यो बिषय साझामा नौलो होइन, यो बिषयको उठान थुप्रै चोटि भइसकेको छ । तर पनि नजिकिदै गरेको एनएको सम्मेल्लनले गर्दा यो बिषयमा फेरि गर्मी चढेको छ । अस्ति एक साझँ यसै प्रसँगमा कुराकानी चल्दै थियो । एक जना विद्वानले भन्नुभयो "यो एनएको कन्फरेन्स भनेर नेपालीहरु माझ यति ठूलो हंगामा मच्चाए पनि अमेरिकी मिडियाहरुले यसको बारेमा एक लाइन पनि लेख्दैन ।"

शायद अमेरिकामा रहेका नेपाली पहिलो पुस्ताको यो ठूलो कमजोरी नै हो; हामी अमेरिकी हुन खोज्छौ तर पूर्ण रुपमा अमेरिकी जीवन जिउन पनि सक्दैनौ र अमेरिकीहरुसँग घुलमिल गर्न पनि सक्दैनौ, हामीलाई नेपाली साथीसंगी र नेपाली संस्कृति र रितिरिवाजको साहारा चाहिन्छ अनि नेपालको माया लाग्छ तर हामी नेपाल फर्केर जान सक्दैनौ ।

अब प्रश्न उठ्छ अमेरिकामा रहेका नेपाली संस्थाहरुको उद्देस्य के ? के यी संस्थाहरुले नेपालीहरुलाई अमेरिकामा स्थापित गराउन र अमेरिकी समाज र नेपाली समाजको अन्तर्कृया गराउन उल्लेख्य भूमिका खेलेका छन् ? अथवा के यी संस्थाहरुले नेपालको सामाजिक, आर्थिक र राजनैतीक अवस्थामा सुधार ल्याउने कुरामा केही उल्लेख्य काम गरेका छन् ?

मलाई थाहा छ यो चोटि साझा प्रयोग गर्ने थुप्रै साथीहरु एनए सम्मेलनमा भाग लिदै हुनुहुन्छ । धेरैलाई आशा छ साथीभाइहरु भेटिन्छ, गानाबजाना सुनिन्छ, रमाइलो हुन्छ । तर के यति मात्रै उद्देस्य हो त उत्तर अमेरिकामा रहेको नेपालीहरुको सबभन्दा ठूलो संगठनको ? 
Read Full Discussion Thread for this article