Posted by: ThahaChaena June 26, 2013
Login in to Rate this Post:
0
?
धन्यबाद सहर्ष स्वीकार गरे क्याली मित्र....... मेरो कृतज्ञता अर्पण गर्दछु कथा पोस्तिदिनुभाएकोमा......
बालापनको बेला झलक्क याद आयो ..... यस्तै भाको थ्यो मेरो एउटा साथी लाइ....बोलीचाली अनि त्यो लवलेटर को लेख्ने तरिका कस्तो तेस्तै तेस्तै ......उसको नि लेटर गुरुबा को हात मा पुग्यो है अनि त गुरुबा ले त्यो लेटर सप्पै क्लास को अगाडी पढेपछि रातो भएर ब्याग लेर क्लास बाट निस्केर हिड्यो अनि त एक हफ्ता क्लास नै आएन..... अर्को हफ्ता त त्यो लवलेटरले काम गरेछ....दुइजाना को लव पुरै बर्ष चल्यो....अनि त के र मोरो प्रेम मा पास भो जांच मा फेल .....केटि माथि किलास चढी केटो ले स्कुल बदल्यो ....
लौ कहाँ मेरो गलफती लिएर बसिचु मा नि...... सहि गयो क्याली मित्र .....समय मिलाएर फेरी अर्को भाग थपम है.......
- थाने