Posted by: stopthewar June 26, 2013
aaile yesto gaya pachi gaf nai thulo
Login in to Rate this Post:     0       ?        

कोरिया जान नपाएका यूवाहरुद्वारा आन्दोलनको चेतावनी .....................

काठमाडौं–११, असार । दक्षिण कोरियामा रोजगारीमा जानका लागि लिइने भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जान नपाएका यूवाहरुले सरकारले आफूहरुका मागको सुनुवाईका लागी पहल नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
सन् २०११ मा लिईएको भाषा परीक्षामा १५ हजार ६ सय यूवाहरु उत्तीर्ण भएकामा सरकारले पहल नगर्दा ८ हजार मात्र कोरिया जान पाएको र बांकी ७ हजार ६ सय अलपत्र परेको उनीहरुको गुनासो छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले कुटनीतिक पहल नगरेको कारण आफूहरु कोरिया जान नपाएको आरोप लगाए ।
उनीहरुले सन् २०११ मा भएको परीक्षामा उत्तीर्ण भएका आफूहरु कोरिया जान नपाईरहेको अवस्थामा सरकारले फेरि ८ हजार २ सयको नयाँ परीक्षा लिने तयारी गरेपछि ठगिएको महसुस भएको बताएका छन् ।
उनीहरुले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएकालाई नयां उत्तीर्ण हुने संख्यामा समावेश गराईनु पर्ने, आफूहरुलाई कोरिया पठाउन पहल गर्नु पर्ने लगायतका माग गरेका छन् ।
दक्षिण कोरिया नेपाली कामदारको लागी सबै भन्दा आर्कषक गन्तब्य स्थल मानिएको छ .
Like · · · 6 hours ago ·
Read Full Discussion Thread for this article