Posted by: biwash prawashi June 25, 2013
अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता
Login in to Rate this Post:     0       ?        
 फिल्मी नायिका विनिता बराल र उनका सहयोगी दिक्पाल कार्कीले नायक राज घिमिरेलाई धम्क्याएको कुरा प्रमाणित हुने भरपुर आधार भएका कारण नायिका बराल कारवाहीको भागिदार हुने प्रहरीले जनाएको छ । नायक घिमिरेको जाहेरीमाथि अनुसन्धान गर्न नायिका बराललाई ललितपुर प्रहरी परिसरले बोलाई आवश्यक परे उपस्थित हुने गरी छाडेको थियो । कार्की भने तत्काल हिरासत चलान भएका थिए । बिहीबार कार्कीको म्याद थपिएको छ । बरालले आफ्नो पक्षमा दिएको सफाई चित्त बुझ्दो नभएको र राजको जाहेरी असत्य भन्ने उनको जिकिर कुनै कागजातबाट पुष्टि हुननसक्न कारण उनी कानुनी कारवाहीको दायरामा आउने परिसरका एक प्रहरी अधिकृतले बताए । उनलाई हामी बोलाउँछौं, आइनन् भने पक्राउ गर्नुपर्ने पनि हुनसक्छ, ती अधिकृतले बताए । बरालले दिक्पाल कार्कीसँग मिली राजलगायतका चलचित्रकर्मीलाई फेसबुकबाट अश्लील गाली र धम्की दिएको उजुरी परेको छ । चपली हाइटकै नायक राजले ६ असारमा उजुरी दिएपछि दिक्पाल कार्कीलाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको छ भने विनितालाई सोधपुछ गरेको थियो ।


http://www.youtube.com/watch?v=LJsJi_nP6XM



Read Full Discussion Thread for this article