Posted by: Geology Tiger June 18, 2013
आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित सामाग्रीहरु
Login in to Rate this Post:     0       ?        
धन्यवाद मित्र Ajax,

एकताका भानुभक्तलाई आदिकवि भन्ने कि नभन्ने भन्ने बिषयमा पनि विवाद थियो, भानुभक्तलाई आदिकवि भन्न हुन्न भन्नेहरुको तर्क के थियो भने भानुभक्तले रामायण लेख्नु अगाडि नै अरु थुप्रै नेपाली कविहरुले नेपाली भाषामा विभिना कृतिहरु रचिसकेका थिए । भानुभक्तलाई आदिकविको पगरी गुथाइदिदा ती अग्रजहरु छायामा त पर्छन नै साथै नेपाली साहित्यको ईतिहास खोतल्ने ढोका पनि बन्द हुन्छ । तर भानुभक्त भन्दा अगाडि अरु कविहरुद्वारा नेपालीमा फाट्टुफुट्ट मात्र कृतिहरु लेखिएको र भानुभक्तको रामायणले जस्तो अरु कृतिले जनमानसमा प्रभाव पार्न नसकेकोले भानुभक्तलाई नै आदिकवि भन्नुपर्छ भन्नेहरुको तर्क बलियो देखियो ।

भानुभक्तले रामायण लेखे तर त्यसलाई छपाउने काम गरे मोतीराम भट्टले । भानुभक्तलाई नेपाली साहित्यको आदिकवि बनाउने काम गरे मोतिराम भट्टले । भानुभक्तद्वारा लेखिएको भनिएको घाँसी कविता पनि मोतिराम भट्टले नै लेखेका हुन् भन्ने एक थरी पनि छन् । जे होस् मोतीराम भट्टको ठूलो योगदान छ भानुभक्तलाई नेपाली साहित्यमा स्थापित गराउने कार्यमा ।

म बिशेष गरी यी दुई पक्षको बारेमा अझ बढी बुझ्न चाहन्छु ।
Read Full Discussion Thread for this article