Posted by: mulmiz June 17, 2013
jalera mutu khak vayo re
Login in to Rate this Post:     1       ?         Liked by
 भाषाको कुरा सहि नै हो, तर एउटा कुरा सच्याउन मनलाग्यो , हुन त यो typo हुनसक्छ तर यतिका बेर हुँदा सम्म पनि नसच्चिँदा चाहिँ अचम्म लाग्यो। जब गीत संगीतको कुरा आउँछ, तब म श्रोतामाझ सहि जानकारी पुगोस् भन्ने उदेश्य राख्छु र यसै उदेश्यलाई सहिथार्थ गर्ने जमर्को मात्र हो ठुल्दाई अन्यथा नलिनु होला :)  ठुल्दाई ले माथी उल्लेख गर्नु भएको 
"नारायण दाइ को गीत मेरो कथा खाली खाली .. पिंजडामा खोज , मेरो ब्यथा भत्किएको मन्दिर लाइ सोध मा एक लाइन छ ... जली जली खाक हुने मैना बत्ति लाई सोध ....( गीतकार मन बहादुर मुखिया , संगीत- शान्ति ठटेल )"
शान्ति ठटेल त पक्कै होईन होला, जहाँ सम्म मलाई लाग्छ "शान्ति ठटाल" हो, शान्ति ठटाल , जो नेपाली
 सांगीतिक आकाशकी प्रथम महिला संगीतकार हुन् भन्ने गरिन्छ ।
मलाई मनपर्ने उनै शान्ति ठटाल को सुमधुर आवाजमा सजिएको गीत यहाँहरुको लागी...... ( यो गीत शान्ति ठटालको संगीतमा श्रदय गायिका अरुणा लामाले आफ्ना सुमधुर आवाजमा नेपाली चलचित्र "परालको आगो" को लागी गाउनु भएको थियो)

Read Full Discussion Thread for this article