Posted by: magorkhe1 June 14, 2013
काम त ८/२४ नै गरिन्छ !
Login in to Rate this Post:     2       ?         Liked by
कता बाट सुरुआत गरौ ?
अमेरिका छिर्नलाइ तेतिखेर बोलिभिया हुँदै मेक्सिको बात छिर्ने कुरा थाहा थिएन,  छिर्नु थियो  | गाउले छिरे पछि आफु पनि पछि बिद्यार्थी भिसा बाट छिरियो  | एस एल सी मा नेपालीमा तिन बल्ड्याग खाकोकुरा सुने पछि, तै भएर पो न छेउ न पुच्छरको कुरा लेख्द रहेछ भन्नु होला | मेरो रुममेट बहिरो थियो अनि कुरै गर्नु नपर्ने , मैले बहिरो साथीको गुनासो गरेको हैन कमजोरिको कारण मात्रै तेर्स्याएको हुँ ! कुरा गर्न नजान्ने भए पछि लेखाइ पढाइमा पनि असर पर्दो रहेछ ? तपाईंहरुको के बिचार छ मेरो तर्क सँग ?
यही सिलसिलामा काइते भनौ वा सत्य कथा , एउटा कुरा सुनाउछु | बाका मावली भाई र मेरो उमेर मिल्दो जुल्दो थियो || काका  काठमान्डूमा स्नातकोतरमा अध्ययनरत र बिहेको धुन निकै लागेको थियो |  उन्की दिदी मेरी फूपुले भाइलाई आकस बाणी गरिछिन | काकाले पनि के बुझे था हैन  | गोर्खेको लेखाइ एसतै हो भनि भोलि पल्टै रात्रि बस समातेछांन र बिहानै ओछ्यानमा धकधकाउन पो आइ पुग्छन |का बाट झुल्किनु भाको ? जन्ती जान पाइने भो जस्तो छ नि भनि सिरक फाल्दै  ब्यंग  कसे ! तिम्ले आ.बा. पठाए पछि किन बस्थे पो भन्छन ? अनि बगली बाट आबा देखाउछन | कुरा त बुझेको थिइन् तर तिम्रो लेखाइ एसतै हुन्छ , केटि हेर्न तु आइज भने जस्तो लागेर आको ! सुन्नु मेरो कथा ?

बाघे दाइको लाईक को कुरा सुनेर त्यो गाउले कान्छी दिदि ८ / ३६ फेस्बूक्मा हुन्छिन भनेको हुदा फेरी यो गोर्खेले के लेख्यो भनि राजखानी मा घन बजाउलान भनि जोगाड गर्न लाइ यो तानाबाना सुरु गरेको हु | जेन तेन गरेर पढाइ पनि सिध्याइयो : पढ्नु के थियो र स्टाटस थाम्नु त थियो नि ! को हि भन्थे प्रोफेसनल बिद्यार्थी भएको छु : एक पछि अर्को डिग्री जोड्दै जाने : नेपालबाट अर्थासास्त्रमा एम ए , पछि यहा थपे एम एस - समाज बिकास छेत्रमा , एम बि ए , तेस पछि एम एस इन्फोर्मेशन सिस्टम पछि हरियो पत्ता पाए पछि डिग्री सिरान मुनि होलान | भनाइ कुन्चाही डिग्रिको सदुपयोग गरे ?
 पढाइ पछि काम त गर्ने पर्यो , रिण पनि तिर्ने पर्यो अनि जे जे पाइन्छ बिहान बेलुका राति काम गरियो | एक जना धनकुटे ब्रो थिए बडो  मिजासिलो, म्रिदुभासी  बोलि चाली गजबै राम्रो | रिसाएर गालि गर्दा  पनि भाषा म्रिदुनै हुन्थ्यो , कमैमा एस्तो गुण देखन पाइन्छ !  यो मिजासमा भैरब अर्यालका लेख जस्ता सैली भरिएका हुन्थे | सायद मैले उनका यी सैली टिप्न खोजेको हुकी? संगै अलिक सुकुमार पनि थिए : सुकुमार्ले बेला बेलामा गोर्खे ब्रो लाइ २४ घन्टाको दिन हैन ३६ घन्टाको दिन भै दिए यिनको ( म गोर्खेको )हड्डी पनि (खुशीको मापन गर्ने धन्कुतेली स्थानिय स्लाङ हो रे ?) रमाउने थियो होला ? 
 हो ८ / ३६   नै काम गरियो |

फुर्सदमा सच्याउला : आज खेस्रा मै चित्त बुझाए |

Last edited: 18-Jun-13 10:22 AM
Read Full Discussion Thread for this article